" /> ‘बिहे पास’ का लागि अडिसन आव्हान – News of Global

News of Global सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं । चैत्र पहिलो साताबाट छायांकन सुरु हुने तयारीमा रहेको ‘बिहे पास’ फिल्मले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ । प्रवेश पौडेलको निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । बाँकी कलाकारका लागि निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको हो ।

निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना नारी कलाकारको आबश्यकता रहेको छ । स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउनेप्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ । अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी,ग्वार्काे,ललीतपुरमा हुनेछ । अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ र इमेल–[email protected] मा सम्पर्क गर्न सकिनेछ ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन् । तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन् । सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ ।
०००

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]