" /> गाउँपालिकाले दियो कर्मचारीलाई वर्षमा तीन दिन भ्रमण बिदा – News of Global

News of Global आइतबार, फाल्गुण १६, २०७७

काठमाडौं । गोरखाको धार्चे गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आफ्ना कर्मचारीहरुलाई वर्षमा थप तीन दिन विदा दिने निर्णय गरेको छ ।

यो निर्णय आगामी २०७८ साल वैशाख १ गतेदेखि लागु हुने गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

अध्यक्ष गुरुङका अनुसार कर्मचारीहरु गाउँपालिकाको जुनसुकै स्थानमा गएर घुम्न पाउने र फर्किएर तस्वीरसहितको भ्रमण प्रतिवेदन बुझाएपछि मात्रै विदा स्वीकृत हुने छ ।

यसबाट कर्मचारीहरुले आफू कार्यरत गाउँपालिकाबारे जान्ने बुझ्ने मौका पाउने र सरुवा भएर अन्यत्र गएपछि पर्यटकीय क्षेत्रको प्रचार पनि गर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

यसअघि केन्द्र सरकारले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कर्मचारीहरुलाई सातामा दुई दिन विदा दिन प्रस्ताव गरेको थियो । यद्यपि त्यसबारे निर्णय भने हुन सकेको छैन ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]