News Of Global आइतबार, चैत्र ०१, २०७७

काठमाडौं । हाम्रो भान्सामा सधैँ प्रयोग हुने तरकारीमध्ये प्याज पनि एक हो । तरकारीमा, अचारमा र सलादको रुपमा प्रयोग हुने प्याजका बेफाइदाहरु पनि छन् ।

प्याजले खानाको स्वाद बढाउनुका साथै खानालाई सुन्दर पनि बनाउँछ । यसले खानालाई बास्नादार पनि बनाउँछ । प्याजलाई विभिन्न परिकारको रुपमा पनि खाने गरिन्छ । भने कतिपयले काचो प्याज पनि खाने गर्छन् ।

कसैले प्याजलाई चटनी पनि बनाएर खाने गर्छन् । प्याजमा भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट जस्ता पदार्थहरु पाइन्छ ।

प्याजको बेफाइदाः
–प्याजमा अधिक मात्रामा फाइभर पाइन्छ । फाइभर शरीरका लागि फाइदाजनक हुन्छ । तर धेरै फाइबर खाँदा पेट दुख्ने समस्या आउन सक्ने भएकाले पेट दुखेको समयमा प्याज खानु हुँदैन ।

–काँचो प्याज खाँदा पचाउन गाह्रो हुन्छ । जसले गर्दा एसिडिटी र छात्ती पोल्ने समस्या आउन सक्छ । प्याजमा प्राकृतिक फ्ुटोक्स हुने भएकाले ग्यासको समस्या पैदा हुन्छ ।

–गर्भवती महिलाले प्याजको सेवन धेरै गर्नुहुँदैन । गर्भवती भएको समयमा प्याजको सेवन गर्दा छात्ती पोल्ने, डकार आउने, बान्ता आउने जस्ता समस्या आउँछन् ।

–अत्यधिक मात्रा प्याज खाँदा रगतमा चिनीको मात्रा कम हुने समस्या आउँछ ।

–काँचो प्याज खाँदा मुखमा दुर्गन्ध आउँछ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]