" /> पत्रकार सबिताको शब्दमा मन्जु र एचबीको ‘ढाँटे मरिजाम’ – News Of Global

News Of Global बुधबार, चैत्र ०४, २०७७

काठमाडौं । गायिका मन्जु उपासना र गायक एचबी सुनारको स्वरमा नयाँ गीत ‘ढाँटे मरिजाम’ सार्वजनिक भएको छ । मञ्जरी म्यूजिकको यूट्यूबबाट सार्वजनिक भएको यो गीतको शब्द पत्रकार सबिता पोखरेलले लेखेकी हुन् । यस गीतमा संगीत सिर्जना गायक एचबी सुनारकै रहेको छ भने सुदीप सागरले संगीत संयोजन गरेका हुन् ।

पछिल्लो समय टिकटकबाट भाइरल भएका मोडल सुधीर श्रेष्ठ र मोडल अन्जु सुनारको अभिनय रहेको छ । कपिल कार्कीको निर्देशनमा यो गीतको म्यूजिक भिडियोलाई बालकुमार मगरले छायाँकन तथा सम्पादन गरेका छन् । भिडियोको कोरियोग्राफी भने सुनिल कुमार मगरको रहेको छ ।

गायनमा पाइला चाल्दै गर्दा आफ्नै संगीत स्कुल खोलेर नृत्य र गायनको कक्षाहरु दिँदै आएका गायिका मन्जु उपासना र एचीबी सुनारको स्वरमा धेरै गीतहरु बजारमा आइसकेका छन् । उनीहरुको स्वर रहेको गीत दिइसके यो जोवान, चोरी चोरी जस्ता धेरै गीत रहेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]