काठमाडौं । युवा व्यवसायी तथा गीतकार रमेश काफ्लेको रचनामा गायिका माण्डबी त्रिपाठीको स्वर रहेको गीत ‘तिम्ले माया’ सार्वजनिक भएको छ । संगीतकार बिपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको गीत तिमीले माया यथार्थपरक गीतका रुपमा लिइएको छ । यस गीतको भिडियो बिन्दबासिनी म्युजिकको यूट्यूबबाट सार्वजनिक भएको हो ।

गीतकार रमेश काफ्लेले आफ्ना शब्दद्वारा जीवनका सुख दुःख, माया पिरती र भोगाइलाई गीतमा उतारेका हुन् । उनले गीतलाई व्यवसायिक भन्दा पनि यथार्थपरक भएको बताउँदै आफु सौखिन गीतकार भएकोले यसलाई व्यवसायीक रुपमा नसोच्न आग्रह गरे । अहिले चलचित्रतिर पनि अफर आएकोले चलचित्र गीतकारको रुपमा पनि आउँदै गरेको बताए ।

गैर आवासिय नेपाली संघका केन्द्रिय सदस्य समेत रहेका रमेश काफ्ले, पछिल्लो समय नेपालमै केही गर्नुपर्छ भन्ने उद्धेश्यका साथ विभिन्न वित्तिय सस्थां संचालन, पार्टीबस नेपाल, हाइड्रोपावर प्रोजेक्ट लगायत अन्य थुप्रै व्यवसायमा संलग्न छन्।

Nepal Telecome

व्यवसायीक व्यस्तताका बाबजुद गीतलेख्ने समय कसरी निकाल्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने– ‘कुनै पनि बेला मनमा कुनै भाव फुर्‍यो भने वा कुनै घटनाबाट प्रभावित भएपछि सुनसुकै समयमा गीत लेख्ने गरेको बताउँछन । बिशेषगरि गाडी चलाउँदै गर्दा कुनै पनि गीतका शब्द खेलाउँदै गुनगुनाउँदै गर्दा राम्रो लागे मोबाइलमा शब्द रेकर्ड गरिहाल्ने र पछि त्यसलाई सफा गरेर डायरीमा सार्ने बताउँछन् । साहित्य र संगीतमा सानैदेखि रुचि भएको र अब समय अलि जुरेकोले केही गीत रेकर्डिङ गरेको अनि गरिरहने सोच बनाएको उनले बताए । गीतकार रमेशले नेपाली साहित्य संगीत अनि नेपाल देशलाई असाध्यै माया गर्ने बताउँछन् ।
आफू बिदेश बसेपछि नेपाली कला, साहित्य अनि संगीतका साथै आफ्नो माटो प्रतिको अगाध स्नेह कति हुँदोरहेछ भन्ने कुरा थाहा पाएको उनले बताए ।