" /> नेपाल कहाँ चुक्यो – News of Global
नेपाल कहाँ चुक्यो

किर्गिस्तान(२३ विरुद्ध नेपाली राष्ट्रिय टिमले बराबरी

दिपेश अधिकारी शुक्रबार, चैत्र १३, २०७७

काठमाण्डौ १३ चैत। हिजो किर्गिस्तान(२३ विरुद्ध नेपाली राष्ट्रिय टिमले बराबरी खेलेपछि प्रशिक्षक बालगोपाल महर्जनलाई पत्रकारले सोधे, ‘नेपाल आज कहाँ चुक्यो । फुटबल यदि गणित हुन्थ्यो भने प्रशिक्षक बालगोपाल महर्जनको तर्क जायज लाग्ने थियो । तर, विडम्बना १ फुटबलमा ‘प्रोसेसको मार्क्स’ आउँदैन । खेल कस्तो थियो भन्ने समिक्षाको विषय त बन्न सक्छ, तर नतिजा निकाल्न गोल नै गर्नुपर्छ । बालगोपाल चाहीँ नतिजाभन्दा ‘खेल’ देखाएर टीमका कमजोरी ढाकछोप गर्न खोजिरहेका थिए ।नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, विकाश खवास लगायतका प्रभावशाली खेलाडीलाई २३ जनाको टोलीमा समावेश नगर्ने प्रशिक्षकको निर्णय गलत ठहरिन पुग्यो । सायद त्यसको बचाउ गर्नका लागि पनि बालगोपाले सन्तुष्टीको अभिनय गरिरहेका थिए । अन्यथा सामाजिक सञ्जाल, रंगशालाको प्यारापिट र समग्र फुटबलप्रेमीलाई सन्तुष्टि दिन नसकेको यो खेलमा उनी सन्तुष्ट हुने कुनै आधार भने देखिँदैन ।तर, किर्गिस्तानको युवा टोलीसँग नतिजा निकाल्न चुकेको नेपालले भोलि बंगलादेशको राष्ट्रिय टिमसँग खेल्दैछ । बंगलादेशले पहिलो म्याचमा किर्गिस्तानलाई हराएको थियो । भोलिको म्याचमा नेपालले सुखद नतिजा निकाल्ने बालगोपालले बताएका छन् किर्गिस्तानविरुद्धको बराबरीले नेपाल ट्राइ नेसन्स कपको फाइनलमा पुग्ने सम्भावना चुनौतिपूर्ण बनेको छ । यो धेरै महत्वपूर्ण प्रतियोगिता होइन, तर घरेलु दर्शकहरू नेपाली टिमको जित हेर्न आतुर थिए । ६ वर्षको खडेरी चिर्दै सिनियर फुटबल टोली दशरथ रंगशालामा खेलिरहेको नेपाली टोली पनि जितकै खोजीमा थियो । अन्तिम ३० मिनेट विपक्षी टिम १० जनामा सीमित भएको अवस्थामा खेल जित्न नसक्नु नेपालका लागि निराशाजनक नतिजा हो । बालगोपाल नेपालका पूर्वराष्ट्रिय खेलाडी हुन् । खेलमा गोलको महत्त्व, जित–हारको भिन्नता उनलाई राम्ररी थाहा छ । अहिले प्रशिक्षकको भूमिकामा उनी नेपाली टिमलाई जिताउने ध्याउन्नमै हुन्छन् भन्नेमा कुनै शंका छैन । विगतमा उनको प्रशिक्षणमा उमेर समूहको फुटबलमा नेपालले धेरै उत्कृष्ट नतिजाहरू निकालेको छ । सिनियर फुटबलमा पनि प्रशिक्षकका रूपमा योगदान दिएका छन् । तर, प्रशिक्षक जति उत्कृष्ट भए पनि कहिलेकाहिँ रणनीतिगत गल्तिहरू हुन सक्छन् । त्यसलाई महसुस गरेर, कमजोरी स्वीकार गरेर आफूलाई सच्याउन भने कञ्जुस्याइ गर्नु हुँदैन । बालगोपालले यो पक्षमा चाहिँ आफूलाई सुधार्नुपर्ने देखिन्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]