" /> जीवन र स्वतन्त्रता मेरो अनुभव ! – News of Global

सुनिता खड्का आइतबार, चैत्र २३, २०७६

आजको विश्वलाइ नै एक पटक नियाल्दा जीवन र स्वतन्त्रता बारे ठुला ठुला बहस हरु हुने गरेको देखिन्छ । जीवन र स्वतन्त्रतालाई आफ्ना आफ्नै ढंगले ब्याख्या विश्लेषण गरेको पाइन्छ । यसलाई हेर्ने बुझ्ने अनि अनुभव पनि सबैको फरकफरक हुन सक्छ तसर्थ मैले यहाँ जीवन र स्वतन्त्रता बारेमा केहि चर्चा गर्न चाहन्छु ।

सबैले भन्छ्न जीवन संघर्ष हो हुन पनि हो । पक्का हो तर यसको पनि फरक फरक धारणा छन सबै मानिसको जीवन भोगाइ फरक फरक नै हुन्छन र त्यही फरक फरक भोगाइले नै फरक फरक विश्लेशण गरिएको हुन्छ । तसर्थ मान्छेले नचाहँदा नचाहँदै पनि कतिपय कुरा हरु भोग्नु परेको हुन्छ सुन्नु र देख्नु परेको हुन्छ । धर्मको दृष्टिकोणबाट पनि धेरै मानिसहरुले व्याख्या र विश्लेषण गर्ने गरेका छन् । हुन यो आजको २१ औं शताब्दीमा यो कुरा गर्नु उचित नहुन पनि सक्छ मैले एउटा उदाहरणको रुपमा मात्रै लिन आवश्यक ठाने छु ।

हुन त म पनि यहि समाजबाट नै आएको एउटा नारी हुँ मलाई पनि अलिकति कता कता यो धर्मको प्रभाव हुनु स्वाभाविक नै हो र अलिअली म पनि बिश्वास गर्छु । यसरी हेर्दा उ जुनिको कर्म कर्मको फल पनि हो भन्छ्न । मलाइ हो जस्तो पनि लाग्छ किनभने अहिले हामी जुन जीवन पाएका छौ भोगिरहेका बिताइ रहेका छौ यो सबै उ जुनिको कर्म अनुसार नै होला जस्तो लाग्छ । यदि होइन भने सबै को जात, धर्म, बर्ण लिङ्ग जीवन शैली आम्दानीका स्रोत पढाई लेखाइ सफलता असफलता, अनि कोहि कस्तो परिवारमा जन्म । कोहि आँखा नदेख्ने, कोहि असक्त कोहि माग्ने भिखारी कोहि कस्तो परिवारमा जन्म कोहि सम्पन्न परिवारमा कोहि बिपन्न परिवारमा जन्म आदि इत्यादी । फरक किन त यी सबै उ जुनीको कर्मकै फलत होलानि भन्ने लाग्छ ।

मानिसहरु अहिले आफुले आफुलाई नै अधिकांश कुकर्मको बाटोमा धकेली रहेका छ्न् । कल्पना नगरेको घटनाहरु घटिरहेको अवस्था छ तसर्थ पनि मलाई लाग्छ सायद यो बिनाश कै कुनै एउटा संकेत पनि होला आजकाल मान्छेहरु हेर्दा आफुहरु २–३ सय बर्षको आयु बाँच्छु जस्तो गर्छन् । तर म भन्छु बाँचुन्जेल सबैको भलो नै गरौ अरुको चित्त नदुखाउ सके सकेको सहयोग गरौ नसके चुप बसौ भन्ने मेरो बुझाइ हो ।

अब रह्यो स्वतन्त्रताको कुरा संसारको सबै प्राणी जीव जन्तु किरा फट्याङ्ग्रा सबैलाई स्वतन्त्रता आवस्यक छ । स्वतन्त्रता किन हुने, कति सम्म हुने, हुने कि नहुने भन्ने कुरा पनि आउँछ । मेरो बिचारमा एउटा सानो बच्चाले पनि आफ्नै किसिमको स्वतन्त्रता खोज्छ तर हामी आफ्नो इच्छा अनुसार बच्चालाई हुर्काउन खोज्छौ अनि त्यही बच्चाले हामीलाई अब्जेक्सन गर्छ र जवानीमा पुग्छ हामी त्यही अब्जेक्सन गर्छौ नराम्रो संगतमा लाग्छ कि ।

त्यपछी बिहे भएको छैन घरजम भएको छैन । यी सबै प्रक्रिया हुँदै जाँदा विवाह अनि छोराछोरी जन्मिन्छ हुर्किदै जान्छ्न् । उनीहरुकै अब्जेक्सन सुरु हुन्छ यस्तै यस्तै एकले अर्को माथी को अब्जेक्सन नै अब्जेक्सनमा जिन्दगी चलिरहेको हुन्छ आफ्नो खुसिको जीवन कहिले ?

आज विश्वभर नै स्वतन्त्रताको विषय गम्भीर बहसको विषय बन्ने गरेको पाइन्छ । आज नेपाली समाजको कुरा गर्दा नारी स्वतन्त्रताको निक्कै चर्चामा आखिर नारी स्वतन्त्रता भनेको केहो त ? यो बारेमा पनि समिक्षा हुन जरुरत छ । आज नारीहरु स्वतन्त्रता भनेको अराजकता र अश्लिलतातिर बढी केन्द्रित देखिन्छन् । यसो भन्दै गर्दा के हाम्रो समाजमा सबै नारी स्वतन्त्र छन त ?

होइन हाम्रो समाज शोषण र उत्पीडन पनि छन् । यी यस्ता घटना आज पनि बाहिर आउने गरेका छन् । शारीरिक मानसिक श्रम लगायतका शोषणहरुको अत्य हुन नसके पनि आज केहि सिमित तर आफुलाई स्वतन्त्र ठान्ने अराजकता र अश्लिलतातिर लक्षित नारीहरुले वस्तविक रूपमा नारीहरुको स्वतन्त्रता लाइ नै गलत अर्थ लगाउँदै गएको पनि देखिन्छ । तसर्थ मानिसले आफ्नो नितान्त व्यक्तिगत जीवन बिताउन खोजिरहेको हुन्छ ।

तर उसले परिवार समाजको लागि आफ्नो खुसी पनि गुमाइरहेको हुन्छ । जस्तो कि हामी किन सक्दैनौ जब एउटा बच्चा जन्मिन्छ उ बिस्तारै बामे सर्न सुरु गर्छ अनि अझै ठुलो हुदै जान्छ र हिडन सिक्छ । तर उ लडछ पुग्छ तर हामी चुपचाप बस्न सक्दैनौ र हतार हतार उठाउँछौ तर चोट लागे मलम पट्टि गरौं तर आफै उठोस भन्न सक्दैनौं ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]