" /> ‘मोहित’ एल्बममार्फत डेब्यू गर्दै गीतकार मोहित मर्दन – News of Global

News of Global शुक्रबार, माघ १४, २०७८

काठमाडौं । गीतकार मोहित मर्दन थापा यतिबेला बुबाको पदचाप पछ्याउँदै गीतसंगीतको यात्रामा होमिएका छन् । गीतकार मोहितमर्दनको पहिलो गीतिएल्बम ‘मोहित’को तयारीमा रहेका उनले यतिखेर एउटा गीत ‘झरनाको चिसो चिसो पानी’ सार्वजनिक गरेका छन् । प्रतापदासको स्वर, कल्याण सिंहको सङ्गीत र दिक्षित पौडेलको एरेञ्ज रहेको गीतको लिरिकल भिडियोलाई बेस्ट टोन म्यूजिकबाट सार्वजनिक गरेका हुन् ।

डान्सिङ विटको यो गीतको भिडियो छिट्टै बनाएर एल्वमसहित सार्वजनिक गर्ने गीतकार मोहित मर्दनले बताएका छन् । थापाको यो पहिलो गीति एल्वम हो ।

गीतकार तथा गायक जगतमर्दन थापाका सपुत्र मोहित मर्दन पहिलादेखि नै सांगीतिक क्षेत्रमा थिए । परिवार नै संगीतमय रहेको उनको उनी आफूलाई गीतसंगीत भन्दा पनि व्यवसायमा अगाडी बढाउँदै आएका थिए । यतिबेला भने उनले आफ्ना सिर्जनाहरुलाई संग्रहित गर्दै बाबुको पदचाप पछ्याएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]