" />
काठमाडौं । होली पर्वमा हुनसक्ने सम्भावित सडक दुर्घटनालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन कडा पारिएको छ । अहिलेसम्म होली मनाउँदै हिंडेका डेढ सय सवारीसाधन कारबाहीमा परिसकेको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चेकिङ कडा बनाएको जनाएको छ । आज उपत्यकाभरी विभिन्न ९० ठाउँबाट चेकिङ भइरहेको छ ।