News Of Global आइतबार, चैत्र २२, २०७७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम पुरुषका मुख्य प्रशिक्षकमा कुवेती नागरिक अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी पाएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले टेक्निकल कमिटीको सिफारिसअनुसार १ वर्षका लागि उनलाई राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो । आगामी जुन महिनामा हुने विश्वकप छनोटका ३ खेल र यही सेप्टेम्बरमा हुन गइरहेको साफ च्याम्पियनसिपमा नेपाली टिमलाई उनले सम्हाल्नेछन् । अब्दुल्लाहले नेपाली राष्ट्रिय टिममा थ्री नेसन्स कप विजेता प्रशिक्षक बाल गोपाल महर्जनको स्थानमा कुवेती अब्दुल्लाह अलमुताइरीले जिम्मेवारी पाएका हुन् ।
विश्वकप छनोट खेल्ने टिमको मुख्य प्रशिक्षकसँग प्रो लाइसेन्स हुनुपर्ने नियम फिफाले ल्याएपछि एन्फाले अब्दुल्लाहलाई प्रशिक्षक बनाएको हो ।
यसअघि कतार,किर्गिस्तान,साउदी अरेबिया र कुवेतका विभिन्न टिममा रहेर अब्दुल्लाहले जिम्मेवारी बहन गरिसकेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]