" /> विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा काठमाडौं – News of Global

News of Global सोमबार, चैत्र २३, २०७७

काठमाडौं । काठमाडौं उपत्यकासहितका शहरहरुमा फेरि वायु प्रदूषण बढेको छ । केही दिन सुधार आए पनि फेरि वायु प्रदूषण बढेको हो ।
आज बिहान काठमाडौं विश्वकै वायु प्रदूषित शहरको सूचीमा १ नम्बरमा परेको छ । काठमाडौंको वायु प्रदूषण ३०९ एक्युआई मापन भएको छ । जुन स्वास्थ्यका लागि हानिकारक हो ।
यस्तै‚ चितवनको सौरहा र कैलालीको धनगढीमा पनि वायुको गुणस्तर ३ सय भन्दामाथि रहेको छ । काठमाडौंमा अहिले बिहान तुवाँले ढाकेको छ ।
घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिएका छन् ।
यसअघि करिब एक सातासम्म तुवाँलोले आकाश ढाकेको थियो । तुवाँलो लाग्नुको प्रमुख कारण देशका विभिन्न भेगमा लागिरहेका डढेलो रहेको बताइएको महाशाखाले बताएको छ ।
वन तथा भू(संरक्षण विभागको वन डढेलो पहिचान तथा अनुगमन प्रणालीका अनुसार विगत २४ घण्टायता देशका ७ सय भन्दा बढी स्थानमा डढेलो र आगलागी भएका छन्

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]