News Of Global सोमबार, चैत्र २३, २०७७

काठमाडौं, । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको बिरोधमा प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । त्रिचन्द्र कलेज अगाडि भएको प्रदर्शनमा प्रहरी र विद्यार्थीबीच इटा हानाहान भएको हो । विद्यार्थीहरुले प्रदर्शनका क्रममा साडक अवरोध गरेपछि अवस्था सामान्य पार्न प्रहरीले नियन्त्रणमा लिने कोशिस गरेको थियो । विद्यार्थीहरुले इटा हानाहान हुँदा केही गाडिमा क्षति पुगेको छ । मूल्यवृद्धि विरोधमा खनाल(नेपाल पक्ष विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् मूल्यवृद्धिबाट लाखौं विद्यार्थी मात्रै नभई जनसमुदायमाथि सिधा प्रहार भएकोले यसलाई स्वीकार्न नसकिने बताए। यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ। मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ । आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]