" /> बार्सिलोना दोस्रो स्थानमा भालाडोलिडलाई १ ,० ले पराजित – News of Global

News of Global मंगलबार, चैत्र २४, २०७७

एजेन्सी । क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियल भालाडोलिडलाई १(० ले पराजित गर्दै बार्सिलोना दोस्रो स्थानम उक्लिएको हो ।
घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा औसमाने डेम्वेलेले ९०औं मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले रोनाल्ड एराउजोको पासमा गोल गरेका थिए । घरेलु मैदानमा बार्सिलोनाले रियल भालाडोलिडलाई दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।
यो जितसँगै बार्सिलोनाको २९ खेलबाट ६५ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोना शीर्षस्थानको एट्लेटिको म्याड्रिडसँग १ अंकले पछि तथा तेस्रो स्थानको रियल म्याड्रिडभन्दा २ अंकले अघि छ । भालाडोलिड २७ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]