News Of Global शनिबार, माघ २४, २०७७

काठमाडौं । न्यूरोडको रञ्जना ट्रेड सेन्टरका सटरधनीहरु संगठित भएका छन् । व्यबस्थापन पक्ष, व्यबसायी र सटरधनीबीच समन्वयन गर्नका लागि रञ्जना सटरधनी संघ गठन गरिएको छ । विभिन्न समस्याहरुलाई समाधन गर्नका लागि कृष्ण प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको हो । सटरधनीहरुको माघ २४ गते सम्पन्न पहिलो बृहत भेलाले त्रिपक्षिय समन्वयन गर्ने र एक आपसमा व्यासायीक वातावरण निर्माण गर्ने हेतुले समिति गठन गरेको अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बताउनुभयो ।
समितिमा भूषण राजलवट उपाध्यक्ष, विनय कुमार अग्रवाल सचिव, अमोद श्रेष्ठ कोषाध्यक्ष तथा माधव प्रसाद तिमिल्सिना सहकोषाध्यक्ष रहेका छन् । यसैगरी सदस्यहरुमा अजय कुमार मजेठिया, शुलभ श्रेष्ठ, गंगा बहादुर घिमिरे, राधेश्याम दाहाल, माधव चौलागाईं, मुफीज उद्यीन, रेजा शाह, उमा उप्रेती खरेल र आशा मिण्डा सर्बसम्मत रहेका छन् ।
संघले बर्तमान अबस्थामा खुम्चिएको अर्थतन्त्रलाई सक्रिय बनाउनका लागि विभिन्न योजनाहरु तर्जुमा गरी विभिन्न पक्षसँग समन्वयन गर्ने भएको छ । व्यबसायीक केन्द्रका रुपमा रहेको न्यूरोड कोभिडका कारण पूर्ण सक्रिय हुन नसकिरहेका बेला रञ्जना ट्रेड सेन्टरका सटरधनीहरुले रंजना सटरधनी संघ गठन गरेका हुन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]