" /> माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना कारवाहीको तयारी – News of Global
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना कारवाहीको तयारी

‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवहीको पत्र तयार

News of Global मंगलबार, चैत्र २४, २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी थालेको छ ।
माओवादी केन्द्रका अनुसार पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका गृहमन्त्री थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी थालेको हो । पार्टीले यसअघि पाँचै जना मन्त्रीहरुलाई पार्टी स्पष्टिकरण सोधेको थियो तर, उनीहरुले त्यसको जवाफ नपठाएपछि पार्टीले कारवाहीको लागि पत्र तयार गरिसकेको पार्टीका एक नेताले जानकारी दिए।
‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, एक नेताले भने।
यसअघि थापा र भट्ट नेकपामा हुँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री बन्न गएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]