" /> अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा साधनलाई नियन्त्रणमा – News of Global

News of Global मंगलबार, चैत्र २४, २०७७

काठमाण्डौ । अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले १३ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तनहुँका विभिन्न स्थानीय तहमा अवैधरूपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले चार एक्साभेटर, दुई जेसिभी, चार ट्र्याक्टर र तीन टिपर नियन्त्रणमा लिएको हो । भीमाद नगरपालिका–५ एक्ले भन्ने ठाउँमा बिनाइजाजत गिट्टी, बालुवा उत्खनन गर्दै गरेको अवस्थामा एक्साभेटरसहित बालुवा लोड गरेको ग१त ४०६१ नंको टिपरलाई नियन्त्रणमा लिइएको छ । शुक्लागण्डकी नगरपालिका–८ मा रहेको जमिनबाट बिनाइजाजत ढुङ्गा, माटो उत्खनन गरिरहेको अवस्थामा ग१क ३४३५ नंको एक्साभेटरसहित लोड गरिरहेका ग१त ३१९०, ग१त ३४२१ र ग१त ३०७० नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि शुक्लागण्डकी पठाइएकामा रु ५६ हजार जरिवाना भएको छ ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–९ छहरा स्थितमा रहेको जमिनबाट बिनाइजाजत अवैधरूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा ग१क ३७८८ नंको एक्साभेटर र ग१क ३१७५ नंको जेसिभीसहित ग१क ३२५२, ग१क ३२५१ नंको टिपरलाई नियन्त्रणमा लिई कारवाहीका लागि नगरपालिका बुझाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]