News Of Global शुक्रबार, चैत्र २७, २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्ग्लोरबीचको खेल हुने हुँदैछ । मुम्बई र बेङ्ग्लोरबीचको उद्घाटन खेल नेपाली समयअनुसार बेलुकी ७ बजेर ४५ मिनेटमा सुरु हुनेछ । मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने बेङ्ग्लोरको कप्तानी विराट कोहलीले गर्दैछन् ।
बेङ्ग्लोरले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेको भए पनि तीन पटक नै हार ब्यहोरेको छ । यस्तै मुम्बईले पछिल्ला दुई सिजनको उपाधि लगातार जितेको थियो । यसैबीच, भारतको विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर सुरु भएकाले विशेष स्वास्थ्य सावधानी अपनाइने भएको छ ।
केही ठाउँमा लकडाउन भएको र खेलाडीहरुमा समेत कोरोना सङ्क्रमण भएकोले विशेष सावधानी अपनाइने आयोजकले जनाएको छ । खेलमा सहभागी हुने खेलाडीलाई कोरोनाको सङ्क्रमण हुन नदिन होटलबाट बसमार्फत सिधै स्टेडियममा लैजाने र खेल सकिएपछि फेरि बसमार्फत नै होटलमा लगेर राख्ने व्यवस्था मिलाइएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]