" /> विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस – News of Global

News of Global मंगलबार, चैत्र ३१, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बतानुभएको छ ।

मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन केन्द्र ९सीसीएमसी० र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी रहेको छ ।

आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताउनुभएको छ । उहाँका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।

अहिले नै उचित मापदण्ड पूरा गर्न सकिए पुनः लकडाउन गर्न नपर्ने उहाँको भनाइ रहेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको र यसबारे मंगलबार जानकारी गराइने जनाइएको छ । तर, मन्त्रालयले भने पुनः एक महिनाका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]