" /> बार्सिलोनाको जितमा चम्किय मेस्सी – News of Global

News of Global आइतबार, बैशाख ०५, २०७८

कोपा डेल रेको उपाधि बार्सिलोनाले जितेको छ । गएराति भएको खेलमा एथलेटिको बिल्वाओलाई ४–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले उपाधि उचालेको हो ।दोस्रो हाफमा १२ मिनेटको अवधिमा चार गोल गरेपछि बार्सिलोना कोपा डेल रेको च्याम्पियन बन्यो । यो बार्सिलोनाको लागि सिजनको पहिलो उपाधि हो ।
बार्सिलोनालाई सानदार जित दिलाउनको लागि कप्तान लियोनेल मेस्सीले दुई, एन्टोइन ग्रिजमन र फ्रान्की डियो योङले समान एक एक गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको ६० औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । उनले डियो योङको पासमा गोल गरेका थिए । त्यसको तीन मिनेट नबित्दै जोडि अल्बाको पासमा हेडिङमार्फत डियो योङ गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।खेलको ६८ औँ मिनेटमा कप्ता मेस्सीले गोल गर्दै बार्सिलोनलाई ३–० को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै फेरि मेस्सीले गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । उनले जोडि बल्लाको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बार्सिलोनाले जित्यो ।
बार्सिलोना २०१८ पछि पहिलोपटक कोपा डेल रेको च्याम्पियन बनेको हो । बिल्वाओ लगातार दुई सिजन फाइनलमा पुगेपनि उपाधि जित्नबाट बञ्चित बन्यो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]