" /> ‘आमा मेरी आमा’ भक्कानो फुटाउँदै रेकर्ड भएको थियोः लोकराज अधिकारी – News of Global

News of Global आइतबार, बैशाख ०५, २०७८

काठमाडौं । आफ्नो आमालाई धर्तीबाट विदा गरेको ढेड वर्षपछि गीतकार लोकराज अधिकारीले आमामा समर्पित गीत ‘आमा मेरी आमा’ सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । ‘आमा मेरी आमा’ मा रचना रिमालको स्वर, लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईंको सङ्गीत रहेको छ ।

गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा बुद्ध थापाको छायांकन र विकास दाहालको सम्पादन छ । सार्वजनिक भिडियोमा नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, कलाकार कमला दाहाल, लोकराज अधिकारी, सतिश अधिकारी, श्रीदेव भट्टराई, केशवराज भट्ट, राजेन्द्र बजगाईँ, बाल कलाकार समैरा थापा, प्रान्जल धिताल, आर्या कोइराला र श्रीजा नेपालको अभिनय छ ।

बरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाली सेनाका महासेनानी सानुकाजी थापा, मेजर बिदुर बिक्रम अधिकारी, बरिष्ठ नृत्य निर्देशक राजु शाह लगायतको उपस्थिती रहेको थियो ।

बरिष्ठ गीतकार थापाले गीत ओझपूर्ण भएको बताउँदै आमाको प्रतिनिधित्व भएको बताए । आमाका दुःखमा आफूले पनि सिर्जना गरेको बताउँदै आमाप्रतिको भाव बोकेका शब्दहरुले नै गीतलाई अब्बल बनाउने बताए । अरु गीत हेर्दा सुन्दा कति बेला सकिन्छ जस्तो लाग्थ्यो तर यो गीत हेर्दा सकिएको नै थाहा भएन गीतकार थापाले भने ।

पत्रकार पोखरेलले यो गीत हेर्दा सबैले आफू र आफ्नी आमा देख्न सक्ने गीत र भिडियो बनेको बताए । उनले जबसम्म सर्जकहरुलाई राष्ट्रले विभुषणका नाम दिँदैन, सम्मान गर्न जान्दैन तबसम्म मुलुक समृद्ध नहुने बताए । त्यस्तै महासेनानी सानुकाजी थापाले शब्द, सङ्गीत, स्वर र भिडियोमार्फत नेपाली सेना जोडिएको यो गीत आम दर्शकका लागि मात्र नभई नेपाली सेना कै गर्विलो गीत बन्न सफल रहेको बताए ।

अभिनेत्री भुवन चन्दले आफूले रोजेर भिडियोमा अभिनय गर्ने गरेको बताइन् । उनले गीतका शब्दले नै आफूलाई मन छोयो त्यसैले अभिनयका लागि नाइँ भन्नै सकिनँ, चन्दले भनिन् । त्यस्तै कलाकार कमला दाहालले रेकर्डिङका बेला नै भक्कानो फुटाएको गीतमा आफूले अभिनय गर्न पाउँदा अत्यन्त खुशी लागेको बताइन् । कलाकार दाहाल अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)की ग्लोबल अध्यक्षसमेत हुन् ।

कार्यक्रममा अडियो तथा भिडियो निर्माणमा योगदान गर्नेलाई कदर पत्र प्रदान गरिएको थियो । सैनिक जन सम्पर्क तथा सूचना निर्देशनालय, इन्द्र बक्स गण सुर्यविनायक, मेजर विदुर बिक्रम अधिकारी, अन्य ६ जना मेजर लगायतलाई कदर पत्र प्रदान गरिएको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]