काठमाडौं । सरकारले आन्तरिक उडान पनि बन्द गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।

Nepal Telecome

कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि भारतसँगको हवाई सेवा पनि केही समयका लागि बन्द गर्ने निर्णय गरिएको छ।

यस्तै, ब्राजिल र दक्षिण अफ्रिकाको उडान पनि रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

यस्तै, बैशाख २२ देखि अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय पनि भएको छ।