सिन्धुलीगढी प्राकृतिक सुन्दरता एवं ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थान हो । यो ठाउ काठमाडौंबाट करबि १ सय ५० किलोमिटर पूर्वमा रहेको छ। ४ हजार ६ सय ४८ फिट उचाइमा रहेको यो क्षेत्र प्राकृतिक रूपमा पनि सुन्दर छ । बनेपा देखी बर्दिवास सम्म बीपी राजमार्ग निर्माण तथा त्यसमा यातायात सञ्चालन हुन थालेका कारण केहीअघिसम्म दुर्गम रहेको सिन्धुलीगढी सुगम भएको छ ।

सिन्धुलीगढी नेपाल(अंग्रेज युद्धको जीवित दस्तावेज हो । त्यस क्षेत्रमा निर्माण गरएिका अप्ठ्यारा खाल्डा, शत्रुलाई आक्रमण गर्न बनाइएका आड तथा दुर्गहरू अहिले अचम्मलाग्दा देखिन्छन् । यो क्षेत्र घुम्दा त्यसबेला नेपाली योद्धाले गर्ने युद्ध रणनीतिको अनुमान लगाउन सकिन्छ । वि स १९७५ मा सिन्धुलीगढीका कर्णेल कीर्तिमान खत्रीको नेतृत्वमा बडहाकिम र सेना बस्न १४ ढोका ५६ झयाल टिनको छाना र सिमेन्ट अनि इट्टाको प्रयोग गरि २ तले दरबार बनाइएको थियो । सिन्धुलीगढी दरबारलाई पुनर्निर्माण गरी थप आकर्षक बनाइएको छ । यो दरबार हेरेपछि ुसिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई कति न राम्रो दरबारु गीतको सम्झना आउँछ । तर संरक्षणको अभावका कारण ऐतिहासिक धरोहरकोरुपमा रहेको सिन्धुलीगढी ओझेलमा पर्दै गएको छ ।
Sindhuli Gadi

सिन्धुलीगढी सिन्धुली जिल्लाको राजनैति, ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थान हो । यस स्थानको अवस्थिति जिल्लामा करिव १०५ किलोमिटर तन्काईमा रहेको महाभारत पर्वतको झण्डै मध्यमागमा करीव ५९ किलोमिटरको विन्दुमा रहेको छ । यो स्थान जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट बीपी राजमार्गको सिन्धुलीमाढी–खुर्कोट खण्डको करीव २० किलोमिटरको दुरीमा रहेकोछ । सिन्धुलीगढीले इतिहासको कालखण्डमा निकै कुख्यात घटनाको रूपमा परिचित डोयहरूको काठमाडौंं आक्रमण अर्थात विसं १३६७ देखि मात्र होइन राणाकाल तथा शाहकालीन समयसम्म राननैतिक, प्रशासनिक, सामरिक तथा ऐतिहासिक महत्व बोकेको छ ।

Sindhuli Gadi
डोयहरूको लुटपाट र सिन्धुलीगढी
विक्रम सम्वत् १३६७मा सिम्रौनगढका सेनाहरूले ९डोयहरू०काठमाडौंँमा ब्यापक लुटपाट गरेर बनेपा हुँदै विदेह ९जनकपुर रसितामाढी ० फर्किएका थिए । कमलामाई मन्दिरमा विसं १०३४मा चढाईएको मुकुटबाट सिन्धुली अन्तर्गतको कमला नदीमा अवस्थित कमलामाई मन्दिरमा आउने धर्मावलम्बीहरू आज भन्दा करिब १०३० वर्ष अगाडि पनि रहेको बुझिएकोले सिन्धुलीमाढी हुदै तराई क्षेत्र होस् वा दोलखा काठमाडौं होस जाने मुख्य बाटोको रूपमा सिन्धुली गढी रहेको सहजै अनुमान गर्न सकिन्छ । मुलकोट,खुर्कोट जस्ता कोट लागेका स्थानहरूले पनि प्राचिनकालदेखि नै यो बाटो अस्तित्वमा रहेको प्रमाणित हुन्छ ।

Nepal Telecome

Sindhuli Gadi
सुल्तान समसुद्दीनको काठमाडौंँ आक्रमण र सिन्धुलीगढी
डोयहरूले काठमाडौंँ लुटपाट गरेको करीव ४० वर्ष पछाडी फेरि पनि विसं १४०६ मंसिरमा राजा जयस्थिति मल्लको पालामा बङ्गालको सुल्तान समसुद्धिन इलियासले काठमाडौंं लगभग ध्वस्त बनाएर बङ्गाल फर्किदा पुनः सिन्धुलीगढीको बाटो फर्किएपछि सिन्धुलीगढीलाई प्रमुख रणनितिक नाकाको रूपमा लिएर शशक्त बनाइएको हुन सक्छ । सिन्धुली गढी तत्कालिन मकवानपुरे शासकले बनाएको भन्दा पटक पटक काठमाडौंँ माथि आक्रमण हु्ँदा यही नाकाबाट शत्रुहरू आउने भएकोले काठमाडौंँ तत्कालिन शासक जयस्थिति मल्लले विसं १४११ र १४५२को विचमा यसको निर्माण गरेको इतिहासकारहरूको अनुमान छ ।
Sindhuli Gadi
यक्षमल्लको राज्य विस्तार र सिन्धुलीगढी
समयको अन्तराल सँगै जयस्थिति मल्लका नाति यक्ष मल्लले मिथिला, मोरङ्ग र मगध राज्य माथि आधिपत्य लिएपछि नियन्त्रणमा लिएका राज्यहरूका पूर्व शासकहरूले पुन कान्तिपुरमाथि आक्रमण गर्न नसकून भनेर विसं १५०० तिर यस गढीमा सैन्यसंख्या वढाई शसक्त वनाएका थिए । पछि मिथिला, मगध लगायत बङ्गालका ब्यापारिहरू दोलखा, काठमाडौंं बनेपासम्म ब्यापार गर्नको लागि आवत जावत गर्ने प्रमुख नाकाको रूपमा सिन्धुलीगढी रह्यो ।
Sindhuli Gadi
शिवसिं मल्लको आक्रमण र सिन्धुलीगढी
विसं १६५७ कान्तिपुरका तत्कालीन राजा शिव सिं मल्लले मकवानपुर, सिन्धुली र मोरङमा आधिपत्य लिएपछि बङ्गालका शक्तिशाली शासकहरूले कान्तिपुर माथि सैन्य कार्यवाही गर्ने प्रबल सम्भावना देखेर सिन्धुलीगढीमा यी राजाले यक्षमल्लले भन्दा वढी निगरानीका साथ लडाकुहरूको ब्यवस्था गरेको थिए ।

Sindhuli Gadi