काठमाडौं । काठमाडौँ महानगरपालिकाको सम्पन्न तथा चालू योजनाहरुको अनुगमन कार्य अन्तर्गत तीनवटा भवनको अनुगमन गरेको छ ।

मंगलबार कार्यवाहक प्रमुख सुनिता डंगोलसहितको अनुगमन टोलीले बौद्धको हुम्ला लिमि सामुदायिक भवन, रामहिटीको बुद्ध समाज केन्द्र भवन र रामहिटीकै कर्म रोङ विकास समाजको भवनको अनुगमन गरेका हुन् ।

अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन्।

उनले भनिन्,‘यस्ता भवनहरु भनेको आफ्नो आस्थालाई दर्शाउने ठाउँपनि हो । आफ्नो गाउँ ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको छ । स्थानीय वासिन्दाहरुले पनि बारम्बार घचघच्याइरहनु हुन्छ । बजेट पुगेन भन्नुहुन्छ, माग गर्नुहुन्छ । त्यसले हामीलाई थप जिम्मेवार बनाउन मद्दत पुगेको छ ।’

Nepal Telecome

आवश्यक परेको खण्डमा अस्थायी संचना बनाउने कुरामा पनि आफूहरु सकारात्मक रहेको धारणा राखिन् ।
यस्ता किसिमको भवन निर्माणको काममा महानगर निरन्तर लागि रहने प्रतिबद्धता उनले जनाइन् ।