" /> केपी ओली भए तेस्रोपटक प्रधानमन्त्री, आज २ बजे सपथ ग्रहण – News Of Global

News Of Global शुक्रबार, बैशाख ३१, २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले दिउँसो २ बजे शीतलनिवासमा गएर शपथ ग्रहण गर्न लागेको राष्ट्रपति कार्यालय स्रोतले बतायो । शपथपछि उनले आजै पदभार ग्रहण गर्ने कार्यक्रम छ ।


विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

अल्पमतको सरकारको प्रधानमन्त्री नियुक्त भएका ओलीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]