काठमाडौं । गीतकार शान्तिराम भट्टराईको शब्द रचनामा रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । जसमा शक्ति बल्लभको संगीत रहेको छ भने मनोहर सुनामको संगीत संयोजन रहेको छ । भाग्य लेख्ने मसी’मा गायिका प्राश्ना शाक्यको स्वर रहेको छ । यस गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य भने भोला पौडेलले गरेका छन् ।

Nepal Telecome

आफ्नो व्यस्त समयको बाबजुद पनि गीतकार शान्तिराम भट्टराई गीति लेखनमा सक्रिय छन् । साहित्यको विधामा मनहरु बहलाउने गर्दा राम्रा सिर्जना बजारमा आउने उनी बताउँछन् । साहित्यलाई कुनै समय चाहिँदैन, सिर्जनाले आफैं समय मिलाउँछ गीतकार भट्टराई भन्ने गर्छन् । ‘भाग्य लेख्ने मसी’ समग्र समाजको एक उदाहरण मात्र हो । सबैले भोगेको कुरा नै समाजको ऐना बनेर सिर्जना आएको मात्र हो गीतकार भट्टराईले भने– ‘मैले कोरेको कोरा शब्दलाई संगीतकार शक्ति बल्लभले संगीतको सूर मिलाइदिनु भयो भने गायिका प्राश्ना शाक्यले स्वरको माधुर्यता दिनुभयो । योसँगै संगीत संयोजक मनोहर सुनाम र भोला पौडेलको मिक्सिङले गीतले पूर्णता पाएको हो ।’

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । सुरेश पन्तको छायाँकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।