धरान । लोकप्रिय गायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्गबाको पानी’ युट्युब मार्फत सार्वजनिक गरेका छन्। विभिन्न सांगीतिक कार्यक्रमहरुमा श्रोता– दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको रुपमा रिलिज गरिएको हो।

Nepal Telecome

२०२५ सालमा भोजपुरको दिङ्गलामा आयोजित जिल्लाब्यापी लोकगीत प्रतियोगितामा आफ्नै संकलनमा ‘ दाई त् काले भाई पनि काले’ गीत गाएर प्रथम स्थान हासिल गरेका गंगा बरदानले २०३१ सालमा धरानमा आयोजित पूर्वाञ्चलब्यापी लोकगीत तथा नृत्य प्रतियोगितामा ‘छपनीले छान डबकीले हान’ गीत गएर प्रथम भएका थिए । २०३५ सालमा रेडियो नेपालमा àकहाँमा काट्यो बेतको लौरी’ आफ्नै शब्द, संगीत र स्वरमा रेकर्ड गरेका थिए। २०५५ सालमा गंगा बरदान भाग –१, २०५७ मा भाग–२ र २०६० मा भाग–३ एल्बम बजारमा ल्याएका गायक बरदानले त्यस यता भने कुनै एल्बम तथा गीतहरु बजारमा ल्याएका छैनन्। अहिले आएर १८ बर्षपछि उनको नयाँ गीत रिलिज भएको छ।

हाइकिङ्ग बाबाको रुपमा धरानमा परिचित तथा सेवक अभियानका अभियानकर्ता राजिब हलवाईको रचना तथा बरदानकै संगीत रहेको तथा सृजन नेपालको संगीत संयोजन तथा मिक्सिङ्ग रहेको उक्त गीतको चांडै भिडियो समेत बनाइने भएको छ। उमेरले ६९ टेकेका र गीतसंगीतमा लागेको ५० बर्ष काटेका गायक बरदान आफ्ना केही पुराना गीतहरु समेत आफ्नो स्वरमा फेरि रिरेकर्ड गर्ने योजनामा छन्।

हाल आफ्नो श्रीमतीको साथ धरानमै बसोबास गर्ने गायक, रचनाकार तथा संगीतकार गंगा बरदानका ‘छपनीले छान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सुपाडी कुटुक्क, माया गर्ने बानी उल्टै गर्छ हानी, जीउको मासु, अरुनै त¥यो जस्ता थुप्रै लोकप्रिय गीतहरु रहेका छन्।