" /> नारायणकाजी श्रेष्ठद्वारा चिसापानीमा रहेको तरकारी फार्मको अवलोकन – News of Global

News of Global आइतबार, आषाढ २७, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंको चिसापानीमा रहेको तरकारी फार्महरुको अवलोकन गरेका छन् । नेता श्रेष्ठले चिसापानीमा करिब ८० रोपनीमा तरकारी खेती गरिरहेका कृषकहरुसँग साक्षत्कार गर्दै त्यहाँको वस्तुस्थिति बुझेका हुन् ।

चिसापानी नमूना कृषि समूहको आग्रहमा नेता श्रेष्ठले कृषकहरुसँग भेटघाट गरेका हुन् । नमूना कृषि समूहकी उपाध्यक्षसमेत रहकी गायिका सुनिला गुरुङको संयोजनमा भएको थियो । नेता श्रेष्ठले त्यहाँ रहेका कृषकहरुको तरकारी फार्ममा पुगेर कृषकहरुसँगै करिब ५ घन्टा बिताएका थिए । कृषकहरुको भेलामा उनीहरुको दुःख, पीरमर्का र विचौलियाबाट भोग्नुपरेको समस्याका बारेमा छलफल गरेका थिए ।

चिसापानी नमूना कृषि समूहका अध्यक्ष हरि बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेता श्रेष्ठले कृषकहरुबिना देशको विकास सम्भव नभएको बताउँदै समृद्ध देशका लागि पहिला कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । कृषि क्षेत्र उमुन्नत भए मात्र देश विकासमा टेवा पुग्ने बताउँदै कृषकहरुको दुःखमा हातेमालो गर्ने बताए । नेता श्रेष्ठले मल, बिउ, औषधि र विज्ञहरुको तालिम नपाएका किसानहरुलाई स्रोत र साधनले भ्यासम्म सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्यक्रममा नेता श्रेष्ठसँगै कोभिड भोलिन्टियर सर्भिस (सिभीएस)का संयोजक इन्द्र भट्टराई लगायत सिभीएसका टोली, गोरखा जनसांस्कृतिक मञ्चका अध्यक्ष दिपसागर थापा, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डित, महासचिव रविन लामिछाने लगायतको सिभीएस र कलाकारको टोली त्यहाँ पुगेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]