" /> २४ घन्टामा ३ हजार ८९९मा कोरोना संक्रमण, २० जनाको मृत्यु – News Of Global

News Of Global मंगलबार, साउन १२, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ । तीमध्ये ९ हजार ७५८ जनाको मृत्यु भएको छ भने ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका छन् । जसमध्ये २५ हजार ९३८ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६११ जना आईसीयू र १७१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

१० वर्ष मुनिका ७९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


कुन जिल्लामा कति संक्रमित थपिए र?

स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौं ४७५, कास्कीमा २७८, झापामा २६१, मोरङमा २४९, चितवनमा १९३, सुनसरीमा १८९ र ललितपुरमा १६७ र भक्तपुरमा १३२ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै मकवानपुरमा ७९, नवलपारसी पूर्वमा ६६, दोलखामा ५५, कैलालीमा ४९, नुवाकोटमा ३९, तनहुँमा ३६, काभ्रेपलाञ्चोकमा ३३ र धनकुटामा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

बागलुङमा २८, पाँचथरमा २३,धादिङ, स्‍याङजा , रुपन्देही र सुर्खेतमा १९र१९ जना, बर्दियामा १६, रामेछापमा १४, दाङमा १३, गोरखा र बाँकेमा १२र१२ जना, सर्लाही, सिरहा र सिन्धुपाल्चोकमा ११र११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]