" /> विकासको शुभकामना गीतमा पितृदेवो भवः – News Of Global

News Of Global मंगलबार, भाद्र २२, २०७८

काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्देशनको पाटोमा स्थापित नाम हो विकास घले गुरुङ । सयौं भिडियो निर्देशन तथा सम्पादनसमेत गरेका विकासले आफैं पनि धेरै म्यूजिक भिडियोमा खेल्न सफल भएका थिए । तर पछिल्लो समय समय र संघर्षसँगै गीति लेखनमा पनि सक्रिय भएका छन् । विकास घलेको शब्दमा तयार भएको गीत ‘शुभकामना’ आजबाट सार्वजनिक भएको छ । आफ्नी आमाले गरेको दुःख र उनले छाडेर गएपछिको परिवेशलाई लक्षित गर्दै लेखिएको यो गीतलाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् भने लोकप्रिय गायक शिव परियारले स्वर दिएका छन् ।

एक्लै बितायौ हिजोका ती तीता फल
आज म मात्रै खाँदैछु यी मिठा फल
साह्रै गाह्रौ होला तर पनि म गर्छु कामना
तिम्रो अबिरल यात्राको शुभकामना

गीतका शब्दहरुले गहनता बोकेको पाइन्छ । आमाले बच्चाप्रति गरेको अमूल्य योगदानको चर्चा गरिएको यो गीतमा राष्ट्रियता बोधसँगै कर्तव्यबोधका भावहरु पनि लेखिएका छन् । यो गीतको शब्द शब्दले गीतकार घले एउटा अब्बल सर्जकका रुपमा परिभाषित गरेको देखिन्छ । यस गीतको म्यूजिक भिडियोलाई गीतकार विकास घलेले नै निर्देशन तथा सम्पादन गरेका छन् । भिडियोमा दिपेश ढकाल र मोनिता सारुको अभिनय रहेको छ । भिडियोको बालकलाकारमा नाब्य शर्मा र विप्लव गुरुङको अभिनय रहेको छ । गीतलाई रेड ओसन इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]