" /> १४औँ महाधिवेशनः अर्घखाँची प्रतिनिधी पदको उमेरद्धारीमा कृष्ण प्रसाद पोखरेल – News of Global

News of Global बुधबार, आश्विन ०६, २०७८

काडमाडौं । २०४० सालमा अर्घखाँची जिल्लाको पाँडेनी–१ मा बुबा टोपलाल पोखरेल र आमा घनकला पोखरेल कोखबाट जन्मीएका सन्तान हुन् कृष्ण प्रसाद पोखरेल ।

सुनौलो भबिष्य खोज्दै आफ्नो जन्मभूमिलाई छोडेर २०६० बिरानो सहर काठमाडौं प्रवेश गरे । द्धान्द्ध चर्किँदै गर्दा ०६२÷६३ मा १९ दिने ठूलो जनआन्दोलन भयो ।

उक्त आन्दोलनमा कृष्णप्रसाद पोखरेल पहिलो गिरफ्तारीमा परे । कृष्णप्रसादलाई नेपाल प्रहरीको टोलीले काठमाडौंको सुनधादेखि लखेट्दै ओमबहालबाट गिरफ्तार गरेको बताए ।

ओमबहालबाट गिरफ्तार गरे लगतै सुरुमा हनुमानढोका लगियो । त्यसपछि महेन्द्र पुलिस क्लव हुँदै महारजगंज तालिमकेन्द्र पु–याए । प्रहरीको धेरै कुटपिट सहे ।

राजनीतिले उनलाई निकै नै चेताईसकेको छ । राजनीति भन्ने कुरा यस्तै हो भनि बुझ्लाबुझ्दै पनि आजको दिनसम्म आउँदा राजनीतिबाट अलग हुन भने सकेको छैन ।

उनी निरन्तर राजनीतिमा नै छन् । उनले ०६४÷०७० र ०७४ का निर्वाचनहरुमा आफ्नो पूर्ण सक्रियता देखाईसकेका छन् ।

अहिले नेपाली काङ्ग्रेस १४औँ महाधिवेशन चलिरहेको छ । काङ्ग्रेसी नेताहरुलाई प्रतिनिधी पदमा उमेरद्धारी दिन आतुर छ ।

त्यसै क्रमममा राजनीतिका कारण जेल–नेल भोगिसकेको कृष्ण प्रसाद पोखरेल पनि प्रदेश प्रतिनिधी पदका लागि आफ्नो उमेरद्धारी दिएका छन् ।

कृष्ण प्रसाद अर्घाखाँची जिल्ला प्रदेश (ख) को प्रदेश महाधिवेशनमा प्रदेश प्रतिनिधी पदको लागि उमेरद्धार उठेका हुन् ।

जिल्ला तथा पार्टीमा प्रभावशाली बनेर ख्याति कमाउन सफल नेतामा कृष्ण प्रसाद परेका छन् ।

कृष्ण प्रसादले नेपाली काङ्ग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले आफूलाई सहयोग गरि बिजयी गराईदिन अनुरोध समेत गरेका छन् ।

स्थानिय काङ्ग्रेसीहरुको अनुसार कृष्ण प्रसादको जित निश्चित नै रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]