गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेसंगै नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्यहरु गर्ने गराउने अभिप्रायले एनआरएन फाउण्डेशन नामक एक मुनाफा वितरण नगर्ने संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत रुपमा गत २०७८ आश्विन ४ मा दर्ता गरेको छ ।

यो फाउण्डेशन एक व्यावसायिक सिमित दायित्व भएको (Professional Limited Liability), गैर नाफामूलक (Non-Profit Making), गैर-राजनीतिक (Non-Political) तथा गैर–सरकारी (Non-Governmental) संस्थाका रुपमा रही सामाजिक तथा अन्य परोपकारी कार्यहरु (Social and Other Charitable Programs गर्ने एक व्यावसायिक फाउण्डेशन (Professional Foundation) हुनेछ ।

Nepal Telecome

फाउण्डेशनका संस्थापक सदस्यहरुमा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व गर्दै संघका हालका अध्यक्ष कुमार पन्त, संघका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछाने, संस्थापक महासचिव भीम उदास, पूर्व सल्लाहकारहरु कुलचन्द्र गौतम र एकनाथ खतिवडा, नेपाल सरकारका पूर्व मुख्यसचिव लिलामणि पौड्याल र प्रतिष्ठित अभिनेत्री मनिषा कोईराला रहेका छन् । फाउण्डेशनको पहिलो आधिकारीक बैठकले श्री जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । साथै अन्य सदस्यहरुमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्व संरक्षक इन्द्रा वन (अष्ट्रेलिया) र अभियन्ता पुरु श्रेष्ठ (अमेरिका) लाई मनोनित गरेको छ ।