" /> साँझको समयमा यी काम कहिल्यै नगर्नुस्, नत्र जीवन हुन्छ वर्वाद – News of Global

न्यूज अफ ग्लोबल शुक्रबार, कार्तिक २६, २०७८

काठमाडौं । केही त्यस्ता कामहरु छन्, जुन अनुकूलताअनुसार भन्दा पनि उचित समयमा गर्दा लाभदायक हुन्छ ।

आज हामी तपाईंलाई त्यस्ता केही कामहरुका बारेमा जानकारी दिनेछौँ – जुन साँझको समयमा गर्न हुँदैन।

धर्मशास्त्रका अनुसार साँझ निषेध गरिएका केही कामहरु यस्ता छन् जुन कामहरु साँझको समयमा गरेमा देवी–देवताले घरमा बास नगर्ने विश्वास गरिन्छ। मनु संहिताले पनि यी कामहरु सकभर साँझमा नगर्न भनेको छ ।

1. तुलसीको मोठमा जल अर्पण गर्नु हुन्न : घरमा तुलसीको मोठ छ भने, साँझको समयमा कहिल्यै पनि जल अर्पण नगर्न भनिएको छ । धर्मशास्त्रले यो पनि भनेको छ तुलसी पत्ता पनि साँझको समयमा नटिप्नुहोस् । साँझको समयमा तुलसीको मोठ सफा गरेर दीप प्रज्वलन गर्नाले घरमा सुखप्राप्ति हुन्छ ।

2. कुचो नलगाउनुहोस् : साँझको समयमा बर्जित गरिएको अर्को काम हो, कुचो लगानु । साँझ परेपछि कुचो लगाउँदा घरको सकारात्मक उर्जा बाहिर जाने र नकारात्मक तत्व घरभित्र प्रवेश गर्ने धार्मिक विश्वास छ । यदी यस्तो कर्म गरेमा घरमा दरिद्रताले बास गर्छ । यदि तपाईं धर्मशास्त्रमा विश्वास गर्नुहुन्न भने यो विश्वास मान्नुहोस् कि साँझमा कुनै बहुमुल्य वस्तु कसिंगरको रुपमा फालिन सकिन्छ । त्यसैले साँझमा बढारिएको फोहोर बाहिर नफाल्नुहोस् ।

3. कसैको निन्दा गर्नु हुँदैन : हुन त कुनै पनि समयमा अर्को डाह, ईर्ष्या, आलोचना, कुरा काट्ने काम गर्नुहुँदैन । धर्मशास्त्रमा अझ साँझको समयमा भुलेर पनि त्यस्तो काममा संलग्न नहुनुहोस् ।

4. साँझमा नरिसाउनु /झैझगडा नगर्नू : क्रोध नलिनु रझगडा नगर्नुस्, मानवको सबैभन्दा ठूलो दुश्मन हो – रिस राग र क्रोध। रिसले स्वयंलाई र लक्षित व्यक्तिलाई मात्रै होइन सिंगो वातावरणलाई दूषित बनाउँछ । तपाईं रिसाउँदा तपाईंबाट निस्कने गलत नकारात्मक ऊर्जाले वातावरण धमिलो बनाउँछ । साँझको समयमा धनकी देवी लक्ष्मीले पृथ्वी भ्रमण गर्छिन् भन्ने मान्यता छ । यदि तपाईं क्रोधित र अशान्त रहनुभयो भने उनको कृपा तपाईं, तपाईंको परिवार वा त्यस किसिमको वातावरणमाथि रहने छैन । सचेत मानिसले कुनै पनि बखत स्त्रीको अपमान गर्नुहुँदैन । तर यदि कुनै घरमा साँझको समयमा स्त्रीको अपमान हुन्छ भने त्यहाँ पाप लाग्ने र लक्ष्मी रिसाउने मान्यता रहेको छ।

5. साँझ पढ्नु हुँदैन : साँझमा किताब लिएर पढ्न बस्दा हजुरबुबा हजुरआमाले साँझमा पढ्न हुँदैन भनेको त पक्कै पनि सुन्नुभएको होला । सकभर बिहानको समय पारेर पढ्नुभयो भने त्यो दिमागमा बस्छ । अर्थात् दिगो रहन्छ । धर्मशास्त्रले पनि यो वर्जित गरेको छ ।

6. साँझमा खाना नखानुहोस् : घाम अस्ताएपछि खाना खानु राम्रो हो । तर ठ्याक्कै साँझमा खाना नखानुहोस् । यसले शरीरमा राम्रो उर्जा दिन सक्दैन । त्यसैले सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकि यस्तो गर्नाले तपाईंको स्वास्थ्य खराब हुनेछ।

7. साँझको समय शारीरिक सम्बन्ध राख्न हुँदैन : साँझमा निषेधित अर्को काम हो, शारीरिक सम्पर्क । धर्मशास्त्रहरुले निषेध गरेका कतिपय कुराहरु यदि हामीले जानेर नजानेर गरेमा त्यसले नोक्सानी गर्छ । यो समय घरको वातावरण सफा सुरम्य बनाई धार्मिक र पवित्र धुनहरु बजाएर शान्त रहन दिनुहोस् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]