काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘ए मेरो हजुर– ४’ ले प्रदर्शनमा आएको पहिलो दिनमै ८० लाख ग्रस कलेक्सन गरेको छ । वितरण कम्पनी काफिया फिल्म्सका गोविन्द शाहीले दिएको रिपोर्ट अनुसार यो फिल्मले नयाँ बर्षको दिन देशभरबाट असी लाख ग्रस कलेक्शन गरेको हो ।

दक्षिण भारतीय चलचित्र ‘केजीएफ–२’ को दबदबाकाबीच असी लाखको ग्रस कलेक्शनलाई बम्पर मान्न सकिन्छ । वितरकका अनुसार देशैभर शो टाइम पनि थप भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४३ लाख माथिको कलेक्शन रहेको बितरक शाहीले बताए ।

‘केजीएफ–२’लाई मारामार शोहरु दिएका फिल्म हलहरुले ‘ए मेरो हजुर ४’ लाई सौतेनी व्यवहार गरेको समाचार बाहिरिएको थियो । नेपाली फिल्मलाई अत्याधिक थोरै शो दिने तर विदेशी फिल्मलाई भने गैरकानुनी रुपमा मध्यराती देखि नै टिकट दर समेत नराखी ‘केजीएफ–२’ चलाएपछि काठमाडौंका केहि हलहरुलाई चलचित्र विकास बोर्डले कारबाही प्रक्रिया समेत अगाडी बढाएको छ ।

Nepal Telecome

झरना थापाले निर्देशित ‘ए मेरो हजुर– ४’ मा अनमोल केसी र सुहाना थापाको जोडी हिट छ । अनमोल र सुहाना सहित सलोन बस्नेत, सरोज खनाल, रियर राई, रवि गिरी लगायतले यो फिल्ममा अभिनय गरेका छन् ।