हेटौंडा–काठमाडौं सण्डक खण्डको जुरीखेतमा पहिरो

बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

न्यूज ग्लोबल सोमबार, आषाढ ०८, २०७७

मकवानपुर । हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

दुई ठाउँमा गएको पहिरोले सडक अबरुद्ध भएपछि स्काभेटरले पहिरो हटाउने काम शुरु गरिरहेको छ सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

त्यस्तै लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः अवरुद्ध भएको छ । शनिबार बिहानदेखि गएको पहिराबाट अवरुद्ध सडक आइतबार साँझदेखि चले पनि आज बिहान विभिन्न स्थानमा पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।

आइतबार रातिदेखि परेको वर्षाबाट लमजुङको उत्तरी क्षेत्र मस्र्याङ्दी गाउँपालिकाका रामबजार, स्यागे, गोप्टेभीरलगायत स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए । उनले भने, ‘सडक अवरुद्ध भएपछि यतिबेला एक्साभेक्टरको माध्यमबाट सडक खुलाउने तयारी भइरहेको छ ।’

पैंसठ्ठी किलोमिटरको बेँसीशहर–चामे कच्ची सडक अवरुद्ध भएपछि अत्यावश्यक कामका लागि सञ्चालन हुने सवारी साधनदेखि मानिसहरु रोकिएको उनको भनाइ छ । सडक कति बेला पुनः सञ्चालन हुने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]