News Of Global सोमबार, बैशाख ०८, २०७७

पोखरा । करिब १५ दिन भयो नबिन गुरुङ र श्री गुरुङलाई घरबेटीले निकाल्दिएको । लकडाउनको बेला सबै घर गए, उनीहरुको घर स्याङजा रहेछ तर घर जाने पैसा पनि नभएको र त्यही बेला दुई महिनाको घरभाडा घरबेटीले मागेपछि तिर्न सकेनन् । महिनाको २५ सयका दरले दुई महिनाको पाँच हजार नतिरेपछि घरबेटीले घरबाट निकालेको र आफूहरु अलपत्रमा परेको नबिन गुरुङ बताउँछन् । १५ दिनसम्म उनीहरुले पृथ्वीचोक, नदीपुर लगायतका ठाउँहरुमा सडकमै मागेर पकाएर खाए । प्रहरीले बेला बेलामा आएर जान भने पनि कसैले केही सहयोग नगरेको उनीहरुको गुनासो छ । आईतबार भने पोखरा महानगरपालिकाले १२ किलो चामल एक किलो नुन र दुई कुलो दाल दिएको छ । यद्यपी उनीहरुले पाएको सामाग्री कसरी पकाएर खान्छन् त्यो भने महानगरसंग जवाफ छैन ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]