काठमाडौं । गायिका स्मिता दाहालले लण्डनको विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेकी छन् । उनले मार्केटिङ म्यानेजमेन्टमा डिस्टिंसन अंकका साथ मास्टर्स पास गरेकी हुन्।
सानैदेखी संगीतमा होमिएकी स्मिताले थुप्रै गीतहरु गाएकी छिन् । जसमध्ये ‘मायालु तिमी कता छौ’ गीत सुपरहिट बन्न सफल भएको छ ।
उनी उच्च अध्ययनका लागि दुई वर्षअघि लन्डन गएकी थिइन्। त्यसअघि उनले ग्वार्कोस्थित केएमसी कलेजबाट बीबीएको पढाइ सकेकी हुन्। नेपालमा छँदा पढाइ र संगीतलाई एकसाथ अगाडि बढाइरहेकी स्मिता लन्डनमा भने पढाइमै केन्द्रित थिइन्।

Nepal Telecome

छोरीले स्नातकोत्तर अध्ययन पूरा गरेकोमा आमा गंगा दाहालले सामाजिक सञ्जालबाट बधाइ दिएकी छन्। डिस्टिङ्सन नम्बर ल्याएर छोरीले मास्टर्स डिग्री पूरा गरेको उनले उल्लेख गरेकी छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । स्मिता प्रचण्डकी कान्छी छोरी गंगा दाहालकी छोरी हुन् ।