" /> चर्चित गायक गायिकाको साथमा मेयर हर्कले गाएको गीत सार्वजनिक – News of Global

Sabita Pokharel बुधबार, साउन ११, २०७९

धरान । धरानमा हाइकिङ जाने प्रचलनलाई ब्यापकता बनाउनमा ठूलो भूमिका निभाउने सेवक अभियानले हाइकिङसँग सम्बन्धित ‘हाइकिङ गीत’ सार्वजनिक गरेको छ।

सोमबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रविक्रम बेघा र गीतकार तथा सेवक अभियानका अध्यक्ष हलवाईले संयुक्त रूपमा उक्त गीतको अडियो बिमोचन गरेका थिए भने प्रमुख अतिथि मेयर राईले सो गीतको लिरिकल भिडिओ समेत सार्वजनिक गरेका छन् ।

उक्त गीतमा चर्चित गायकहरु,गायिकाहरु- राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो तथा गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार सँगै मेयर हर्क साम्पाङको समेत स्वर रहेको छ। धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ।

धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत मनोज मोतेको रहेको छ। धरानेहरुलाई नियमित रूपमा हाइकिङमा जान अभिप्रेरित गराउन मुख्य भूमिका खेल्नुहुने सेवक अभियानको अभियानले नै होला हामी धराने जाँगरिला भएर मेरो काममा सहयोग गर्न आएको भन्दै आफूले पनि स्वर भर्ने मौका पाएकोमा खुसी लागेको मेयर हर्क साम्पाङले बताए।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]