" /> एसइई परिक्षाको नतिजा सार्वजनिक, हेर्ने तरिका र माध्यमहरु सहित – News Of Global
एसइई परिक्षाको नतिजा सार्वजनिक, हेर्ने तरिका र माध्यमहरु सहित

राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षाको नतिजा सार्वजनिक

– विशेष प्रतिनिधि भीष्मराज ओझा, बुधबार, साउन ११, २०७९

काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले एसइई परिक्षाको नतिजा सार्वजनिक गरेको छ ।

एसइईमा यस पटक ९ हजार ६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए ल्याएका छन् भने ४१ हजार ७ सय २७ विद्यार्थीले ३.२ देखि ३.६ जीपीए ल्याएको परीक्षा बोर्डले जानकारी दिएको छ ।

यस पटकको एसइई परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको थियो ।

एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि केहीबेरमा हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा नियन्त्रण कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]