काठमाडौ । २०७४ पछि नेकपा एमालेसँग राजनैतिक सहकार्य गदै आएको नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाललाई नेकपा एमालेले उच्च प्राथमिकता सहित प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार बनाएको छ ।

स्रोतका अनुसर निर्बाचन आयोगमा पेश गरेको बन्द सुचिमा नेता ढकाललाई स्थायी कमिटि सदस्य रघुजी पन्त पछि २ नम्बरमा समाबेश गरेको छ । एमाले र परिवार दल बीच गत आम निर्बाचन २०७४ मा पनि राजनैतिक सहकार्य भएको थियो भने गत स्थानीय निकायको निर्बाचनमा परिवार दलका उम्मेदवारले एमालेको सुर्य चिन्ह वाट प्रतिस्पर्धा गरेका थिए । गत मंसिरमा सम्पन्न परिवार दलको तेश्रो राष्ट्रिय महाधिबेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले दुइ पार्टी बिचको सहकार्य थप मजबुद हुने घोषणा गरेका थिए । अध्यक्ष ढकाल ओली नेतृत्वको मन्त्रिमण्डलमा शान्ति तथा पुनर्निर्माण मन्त्रि रहेका थिए । देशभरी सानो भएपनि चुस्त संगठन रहेको परिवार दलका अध्यक्ष ढकाल अन्तराष्ट्रिय स्तरमा समेत परिचित तथा प्रभावशाली ब्यक्ति हुन् ।

Nepal Telecome

ढकाल सांसदहरुको अन्तराष्ट्रिय संस्था आइएपिपिको एशिया प्रशान्त क्षेत्रको संयोजक समेत हुन् । ढकालको उम्मेदवारीको बारेमा बुझ्दा परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले दुइ पार्टी बिचको बिगत पाँच बर्ष देखिको सहकार्यले निरन्तरता पाएको प्रतिक्रिया दिदै आगामी निर्बाचनमा सुर्य चिन्हमा बहुमत ल्याई नेकपा एमालेका अध्यक्ष केपी ओली लाई पुन प्रधानमत्री बनाई देशको आमुल विकास गर्न परिवार दल क्रियाशील रहने बताए । उनका अनुसार केही प्रदेशमा समेत समानुपातिकमा परिवार दलका नेतालाई उम्मेदबार बनाईएको छ ।