" /> प्रकट पंगेनी ‘शिव’ सम्मानित – News of Global

News of Global सोमबार, आश्विन ३१, २०७९

पोखरा । गीतकार प्रकट पंगेनी ‘शिव’गीतकार सम्मान–२०७९ बाट सम्मानित भएका छन् । गीतकार प्रतिष्ठान, नेपालले पोखरामा शनिबार आयोजना गरेको आफ्नो दोस्रो वार्षिक साधारण सभाका अवसरमा पंगेनीलाई सम्मान गरेको हो ।
नगद ५ हजरा ५५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्र रहेको उक्त सम्मान नेपाल सङ्गीततथा नाट्य प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, प्रतिष्ठानकै संस्थापक सदस्य सचिवतीर्थ श्रेष्ठ र संस्थाकाअध्यक्ष हरिहर खनियाले संयुक्त रूपमापगेनीलाई प्रदान गरे । सम्मान ग्रहण गरेपछि पगेनीले साहित्यकाविभिन्नविधामाकलमचलाएपनिआफ्नो सर्वप्रियविधागीत नै भएको जनाए । सम्मानले गीतमै समर्पित हुनथपहौस्याएको भन्दै निकट भविष्यमै ‘आउँदा–जाँदा दोबाटोमा’नामकगीतसङ्ग्रहप्रकाशन गर्ने तयारीमालागेको उनले बताए । उनको यसअघि ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीतसङ्ग्रहप्रकाशित छन् । यसका साथै प्रणयवेदकाऋचाहरू (गजलसङ्ग्रह) र अक्षरभरि अक्षता (कवितासङ्ग्रह) उनकाप्रकाशित कृतिहरू हुन् । पगेनीको स्रष्टा परिचय प्रतिष्ठानकै सहसचिव रुपिन्द्र प्रभावीले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सरुभक्तले जुनसुकै विधामा कलम चलाए पनि समाजलाई सकारात्मक सन्देश दिनुपर्नेमा जोड दिए । साहित्यका अन्य विधामा जस्तै गीत गरिने ‘प्रयोग’ स्वीकार्य हुनुपर्ने भन्दै उनले गीतको क्षेत्र व्यापक रहेको बताए । नेपाली गीति साहित्यको मौलिकता लोकगीतमै रहेको भन्दै उनले कसैले बनाएको निश्चित ‘फम्र्याट’मा मात्रै गीत लेखिनु पर्ने मान्यताबाट माथि उठ्नुपर्ने बताए ।
साहित्यकार तीर्थ श्रेष्ठले आजको समयमा पनि गीतकारले दामका कुरा छोडौँ, नाम नै माग्नु पर्ने अवस्था रहनु बिडम्बना रहेको धारणा राखे । गीतको जननी गीतकार नै भएको भन्दै कुनै गायक÷गायिकाको नामलिएर तिनकै गीत भनिने प्रचलनप्रति असन्तुष्टि राखे । गायक÷गायिकाले मञ्चमा गायन प्रस्तुत गरेबापत पाएको पारिश्रमिकको केही अंश गीतकार र सङ्गीतकारलाई पनि दिनुपर्ने उनको माग थियो । गीतकारहरूले पनि गीत रेकर्डका लागि कसैको पाउ पर्ने प्रवृत्तिबाट टाढिएर स्वाभिमानपूर्वक लेखनमा लाग्नु पर्नेमा उनको जोड थियो । गीत गेय विधा भए पनि वाचनकै माध्यमबाट पनि दर्शक÷स्रोतालाई रसास्वादन गराउन सकिने भनाइ उनले राखे । स्मरण रहोस्, नेपालमै पहिलो पटक गीतकार प्रतिष्ठानले श्रेष्ठको एकल गीत वाचन सम्पन्न गरिसकेको छ ।
प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव अनुराग अधिकारीले प्रस्तुत गरेका प्रगति र आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । कार्यक्रममा आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठ, गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँका अध्यक्ष आकाश अधिकारी, कलाकार कृष्ण मर्सानी, मनु शर्मा लगायतले शुभकामना दिएकाथिए ।
सोही अवसरमा ३० जनालाई आजीवन सदस्यताको प्रमाण पत्रवितरण गरिएको थियो । उपाध्यक्ष शीतल गिरीको स्वागत र सचिव अनुराग अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]