" /> नवौं राष्ट्रिय खेलकुदमा एथलेटिक्स, पौडीमा स्वर्ण विजेता, प्याराग्लाइडिङमा दुर्घटना – News of Global

News of Global सोमबार, आश्विन ३१, २०७९

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत तेस्रो दिन आइतबार एथलेटिक्स, पौडीलगायत केहि स्पर्धामा स्वर्ण विजेता बन्न सफल भएको छ भने केहि स्पर्धामा समूहचरणका खेल जारी छन् ।

आइतबार पौडीमा तीन र एथलेटिक्समा दुई राष्ट्रिय कीर्तिमान बनेका छन् । पौडीमा नासिर हुसेनले २०० मिटर इन्डिभिज्युअल मिड्ले र २०० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । महिलातर्फ डुवाना लामाले ५० मिटर ब्रेष्टस्ट्रोकमा आफ्नै नामको कीर्तिमान सुधारिन् ।

एथलेटिक्समा आर्मीका दीपक अधिकारीले १० हजार मिटर दौडमा स्वर्णसहित नयाँ राष्ट्रिय कीर्तिमान बनाए । उनले गोपीचन्द्र पार्कीको नाममा रहेको ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । आर्मीकै जयरानी थारुले ४०० मिटर हर्डल्समा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरिन् ।

राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिपका क्रममा पुरुष क्रशकन्ट्री विधामा प्रतिस्पर्धा गरेका त्रिभुवन आर्मी क्लबका निसिम थापाको दुर्घटनामा निधन भयो । प्याराग्लाइड टेक अफ गरेको तीन मिनेटमै उनी करिव १०० मिटरबाट जमिनमा बजारिएका थिए । पोखराको मेट्रो सिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भयो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]