" /> नेपाल हाउस रेस्टुरेन्टमा बलात्कार भएको अभियोगमा फुयाँल पक्राउ – News of Global

News of Global मंगलबार, जेठ २४, २०७९

काठमाडौं । हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
नेपाल हाउस रेष्टुरेन्टका वेटर दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका हुन् । यो घटना चार दिनअघिको हो ।

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले बताए ।

प्रहरीका अनुसार घटना भएको दिन रेष्टुरेन्ट सञ्चालकको पार्टी चलिरहेको थियो । फुयाँलले पीडितको ‘कोल्ड ड्रिङ्कस’मा मदिरा मिसाएर खुवाएर लठ्ठाएर जबरजस्ती करणी गरेको अभियोग छ ।

रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना प्रहरीले सोमबार राति साढे ११ बजे पाएको थियो । त्यसपछि प्रहरी वृत्त, दरबारमार्गबाट टोली खटिएर अनुसन्धान सुरु गरेको थियो ।

‘तत्काल पीडितलाई आवश्यक संरक्षणमा लिएर विस्तृत स्वास्थ्य परीक्षणलगायतको कार्य गरेका थियौं’ मैनाली भन्छन्, ‘अहिले पीडकविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसूरमा अदालतबाट ७ दिन म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं ।’

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]