" /> मौलिक पर्व त्युङल्आको अवसरमा १६ औं वार्षिक साधारण सभा तथा समाजको भवन समुद्घाटन – News of Global

News of Global बिहिबार, चैत्र ०२, २०७९

काठमाडौं । थकालीहरुको मौलिक पर्व त्युङल्आको अवसर पारेर तीन गाउँले थकाली सेवा समाज काठमाडौंले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सोही अवसरमा तीन गाउँले थकाली सेवा समाजको नवनिर्मित समाज भवनसको समेत समुद्घाटन गरिएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ३ गैरी टोलस्थित हल्चोकमा नवनिर्मित भवनको समुद्घाटन गरिएको हो । समाजकै साहलमा समाजको १६ औं वार्षिक साधारणसभा सम्पन्न गर्दै मौलिक पर्व त्युङल्आको शुभकामना आदान प्रदान गरिएको थियो ।

पूर्व सामान्य प्रशासनमन्त्री कृष्णलाल थकालीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा तीन गाउँले थकाली समाजका अध्यक्ष श्री छिरिङ् प्रसाद थकालीको अध्यक्षता रहेको थियो । कार्यक्रममा संविधान सभा सदस्य श्रीमाया थकालीको विशेष आतिथ्यता रहेको थियो भने संस्थापक अध्यक्ष हरि बाहादुर थकाली ,मुस्ताङ जिल्ला समन्वय समितिका उपप्रमुख आइते लाल थकाली, पाँच गाउँ उद्धार समिति मुस्ताङका अध्यक्ष कुलबहादुर थकाली लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा समाजमा आवद्ध करिब ४० घरपरिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नवनिर्मित भवन निर्माणमा चन्दादातालाई सम्मान स्वरुप खादा लगाई प्रमाणपत्र वितरण, महिला पुरुष एक आपसमा सम्मान कार्यक्रम तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो।

नवनिर्मित भवनमा विवाह, ब्रतबन्ध पारिवारिक जमघट तथा विभिन्न औपचारिक कार्यक्रमहरु गर्नका लागि सभाहलसमेत निर्माण गरिएको छ । उक्त हलमा १०० भन्दा बढीको क्षमता रहेको अध्यक्ष छिरिङ थकालीले जानकारी गराए । उक्त हलमा विभिन्न सांस्कृतिक कार्यक्रम, सभा, सेमिनार, गोष्ठी आयोजना गर्नका लागि भाडामा उपलब्ध गराउने कुरा कोषाध्यक्ष मनेलाल थकालीले बताए । कोषाध्यक्ष थकालीका अनुसार तीनगाउँले थकाली अल्पसंख्यक रुपमा रहेको र आफ्नो हकअधिकार र सामाजिक सद्भावका लागि यो समाजले राजधानीमा विभिन्न मौलिकता बोकेको कार्यक्रम आयोजना गर्दै अघि बढ्ने जानकारी दिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]