जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’को गीत सार्वजनिक भएको छ। ‘गाढा भैदियो’ बोलको यो गीत छोटो भर्सनमा रिलिज गरिएको हो। यो गीतलाई चलचित्रमा नै पुरा हेर्न सकिने निर्देशक सबिन अधिकारीले बताए।

Nepal Telecome

यस गीतमा निर्देशक अधिकारीले नै शब्द तथा संगीत रचना गरेका छन् भने अनिश अधिकारी र बेनिशा पौडेलको स्वर रहेको छ। गीतको भिडियोमा चलचित्रका मुख्य पात्रहरु मुकुन भुषाल र मेनुका प्रधानको दुई जीवनकाललाई देखाइएको छ।

‘गणपति’ले हाम्रो समाजको चरित्र चित्रण गर्ने बताउँदै कोहि व्यक्ति कुनैबेला त्यहि समाजको भगवान बनने र उहि व्यक्तिलाई हाम्रै समाजले कसरी नरकीय व्यवहार गर्छ भन्ने यो चलचित्रमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए । यसमा मुकुन र मेनुकाको साथमा कविता न्यौपाने, सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेल लगायतको अभिनय रहेको छ ।

निर्माता लक्ष्मण थापाले यो चलचित्रले आस्थाको रुपमा रहेका भगवान र भौतिक रुपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने बताए। एबिगम्यान फिल्मसको ब्यानरमा थापाले निर्माण गरेको यस चलचित्रमा हरिबहादुर घलेको छायांकन रहेको छ ।