नायक राहुल केसी र मोडल बिना राउतले अभिनय गरेको नयाँ गीत साईकल सरर…को काठमाडौंमा बिमोचन गरिएको छ । १० वर्षपछि अमेरिकाबाट नेपाल फर्किएका राहुलले गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वरमा रहेको नयाँ गीत साईकल सरर…को भिडियोमा मोडल बिना राउतसँग यतिबोला अभिनय गरेका छन् ।
दुई साता अघि उनले खड्क गर्बुजाको गीत राहुले…को भिडियोमा मा केकी अधिकारीसँग स्कृन शेयर गरेका थिए । सो गीतको भिडियो दर्शकले मन पराएपछि उनलाई फेरी यो गीतको भिडियोमा प्रस्ताव आएको हो ।
बुधबार काठमाडौंमा एक समारोहबीच यो भिडियोलाई सार्वजनिक गरियो । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, चलचित्र विकाश बोर्डका सदस्यद्धय राजु केसी, रबी अधिकारी, अभिनेता गजित बिष्ट, यो गीतको भिडियोका अभिनेता राहुल केसी, अभिनेत्री विना राउतले यो गीतको भिडियो बिमोचन गरेका हुन् ।
बिमोचन समारोहमा बोल्दै अभिनेता राहुल केसीले यो गीत निकै माधुर्य भएकोले आफुले बिनासँग यसमा अभिनय गरेको पनि बताए । कार्यक्रममा उनले भने,‘एक दशकदेखि अमेरिकामा रहेर पनि मैले त्यहाँ म्युजिक भिडियो तथा सर्ट फिल्ममा अभिनय गरिरहेको छु । नेपाल आएको बेला गत साता खड्क गर्बुजा दाईको लाहुरे र यतिबेला उमेर तथा अनुजीको साईकल सरर…गीतको भिडियोमा अभिनय गरेको छु ।’
अभिनेत्री विना राउतले पनि राहुलसँग यो भिडियोमा काम गर्न निकै रमाईले भएको बताईन् । बिगतमा आफुले राहुलका विभिन्न फिल्म हेरेको र अहिले राहुलसँगै काम गर्दा अभिनय सिक्न पाएको पनि उनले बताईन् ।

Nepal Telecome