News Of Global मंगलबार, पौष १४, २०७७

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताए ।

प्रचण्ड–माधव पक्षको बबरमहलमा बसेको केन्द्रीय समिति बैठकबाट नेकपा अध्यक्षमा चयन भएका पूर्वप्रधानमन्त्री नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्न पाउने प्रावधान छैन । कामचलाउ भइसक्दा पनि ओलीजीलाई पद बाँड्ने रहर छ, पदको ललीपप बाँडीरहेका छन् ।’

५ पुसदेखि कामचलाउ भइसकेपछि पनि असंवैधानिक तरिकाले मन्त्रीपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । १० पुसमा गरेको मन्त्रीपरिषद् विस्तारविरुद्धको रिटमा १५ पुसका लागि पेसी तोकिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]