News Of Global सोमबार, बैशाख २९, २०७७

काठमाडौं । वकिलले किन लगाउँछन् कालो कोट ? यो रहस्यमय विषय हो । कालोलाई नराम्रो पनि मान्ने गरिन्छ तर न्याय दिने मान्छेले नै कालोकोट किन लगाउँछन ? हामीले वकिललाई देखेका छौं । वकिललाई कालोकोटेको उपमानले पनि चिनिन्छ । त्यसैले भन्नु परोइन कि वकिलको पहिरन भनेकै कालो कोट हो । अर्थात् कालो कोट र सेतो शर्ट लगाउँछन् प्रायः वकिलहरू । आखिर वकिलले कालो कोट लगाउनुका पछाडिको रहस्य के हो त ? नेपालमा मात्र होइन, विश्वभरमै किन वकिलको पहिरन कालो कोट र सेतो शर्ट भयो त ? वकिलहरूले यस्तो पोसाक लगाउन जरुरी छ ? वा कानुनले नै व्यवस्था गरेको हो र ? कहिलेदेखि वकिलको यो ड्रेस कोड प्रचलनमा आयो ?
पहिला यो थाहा पाऔं कि वकालतको सुरुआत कहिले भयो ? यसको सुरुआत बेलायतका राजा एडवर्ड तृतीयले सन् १३२७ मा गराएका थिए । त्यो समयमा ड्रेस कोडका आधारमा न्यायाधीशहरूको पोसाक तयार गरिएको थियो । त्यो समयमा न्यायाधीशले शिरमा कपालको ह्विग लगाउने गर्थे ।
वकिललाई चार प्रकारमा विभाजित गरिएको थियो– स्टुडेन्ट, प्लिडर, बेन्चर र बेरिस्टर । त्यो समयमा वकिलहरूले रातो रङको लुगा र खैरो रङको गाउन लगाउने गर्थे । सन् १६०० मा वकिलको पोसाकमा परिवर्तन भयो । सन् १६३७ मा जनताको अनुरूप पोसाक लगाउनुपर्ने प्रस्ताव आयो । यसपछि यिनीहरूले पूरै लामो गाउन लगाउन थाले । यो पोसाकले यिनीहरूलाई अरू मानिसभन्दा फरक देखाउन थाल्यो ।
न्यायाधीश र वकिलले कालो कोट कहिलेदेखि लगाउन थाले त ? सन् १६९४ मा रानी मेरीको बिफरको बिमारीले मृत्यु भयो । रानीको मृत्युमा शोक मनाउन राजा विलियमले सबै न्यायाधीश र वकिललाई उर्दी जारी गर्दै कालो गाउन लगाएर शोकसभामा उपस्थित हुन आदेश दिए ।
यसपछि यो प्रथालाई कहिल्यै खारेज गरिएन । गाउनको ठाउँमा कोट लगाउने प्रचलन आयो । आज वकिलको यो ड्रेस कोड विश्वव्यापी भएको छ । कालो कोटमा बैन्ड टाई लगाउने प्रचलन पछि आएको हो ।
अफगानिस्तान र इरानमा प्रधानन्यायाधीशले सेतो गाउन र कालो कोटको ठाउँमा कालो फेटा बाँध्ने गर्छन् । अचेल भारतमा महिला वकिलले साडी, सलवार लगाउँछन् तर जिन्स लगाउन पाउँदैनन् । महिला वकिलले ठूला गहना र चहकिलो लिपस्टिक लगाउन पाउँदैनन् ।
अमेरिकामा मिनी स्कर्ट लगाएपछि महिला वकिल विवादमा आएका थिए । विश्वका विभिन्न मुलुकमा त्यहाँको मौलिक परम्परा र संस्कृतिअनुसार ड्रेस कोड निर्धारण गरे पनि कालो रङलाई हटाइएको छैन ।
तीन तहको वकिल तथा न्यायाधीशको बेग्लै पहिचानका लागि फरक रङको ढाकाटोपी वा टोपीमा नेपालको झन्डा र नक्सा राख्न सकिन्छ । यसका लागि विज्ञ तथा फेसन डिजाइनरहरूको सल्लाह लिन सकिन्छ ।
विभिन्न देशमा त्यहाँको संस्कृति, मूल्यमान्यता र परम्पराअनुसार भएको ड्रेस कोडमा सामान्य परिवर्तन गरेका छन् । विभिन्न मुलुकको हावापानी, मौसम आदि कारणले पनि वकिलको ड्रेस कोड परिवर्तन गर्नु जरुरी छ । चिसो ठाउँमा यो ड्रेस कोडले काम गर्दैन ।
वकिलले लगाउने कालो कोटले मुद्दाको दुई पक्षलाई झल्काउँछ । कालो रङलाई प्रतिरक्षाको रङ मानिन्छ । कानुन अन्धो हुन्छ । यसले मानिसको रङ हेर्दैन, हेर्छ साक्षी र प्रमाण । कालो र सेतो रङ अन्तरविरोधी रङ हुन् । न्यायसँग संलग्न दुई पक्षबीच न्यायपूर्ण निर्णय निकाल्नु हो— कालो र सेतो रङ । सेतो र कालो रङ दुई विपरीत धारणाको प्रतीक हो । भनिन्छ, कालो रङ सुरक्षाको प्रतीक हो ।
त्यसो त कालो कोट तथा सेतो कमिजले वकिलमा अनुशासन कायम गर्ने तथा न्यायप्रति विश्वास जागृत गर्ने आम विश्वास रहेको छ ।
बेलायत, वेल्स, स्कटल्यान्डमा जिल्ला, उच्च र सर्वोच्च अदालतका वकिल र न्यायाधीशको ड्रेस कोडमा सामान्य फरक हुन्छ । मुद्दाको प्रकृति हेरेर पोसाक निर्धारण गरिएको हुन्छ । अस्ट्रेलियामा पनि बेलायतको जस्तै सर्वोच्च, प्रान्तीय र जिल्ला अदालतमा ड्रेसकोड फरक छ । बेलायतको जस्तै बेरिस्टर, जुनियर बेरिस्टर र सोलिसिटरको पोसाकमा सामान्य फरक छ ।
यी मुलुकमा कालो गाउन लगाउने प्रचलन छ । बेलायत, वेल्स र स्कटल्यान्डमा अदालतमा जजले गाढा रातो रङको सेतो मिसिएको गाउन लगाउँछन् ।
जे होस् विश्वका विभिन्न मुलुकले आफ्नो मौलिकता, धर्म, संस्कृति, परम्परा र भौगोलिक बनोटअनुसार वकिल र न्यायाधीशको ड्रेस कोड निर्धारण गरेको पाइन्छ । तर, कालो र सेतो रङमा एकरूपता छ । नेपाल पनि भौगोलिक विविधता, आफ्नै धर्म, संस्कृति, परम्परा र मौलिकता भएको मुलुक हो । विदेशी दबाबमा आएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले यसको मौलिकतामाथि प्रहार गरेको छ ।
अदालत स्वतन्त्र निकाय हो । यसलाई आफ्नो आचारसंहिता, नियम आदि आफैं बनाउने स्वतन्त्रता छ । राजकीय कार्यमा राजनीतिक दलले हाम्रो मौलिकतालाई तिलाञ्जलि दिए पनि यसले कायम गर्नसक्छ । नेपालमा अहिले तीन तहको अदालत छ । अदालतअनुसार यसको विशिष्टता पनि फरक हुनुपर्छ ।
मुद्दा र अदालतको प्रकृति हेरेर फरकफरक ड्रेस कोड निर्धारण गर्नु उपयुक्त हुनेछ । महिला तथा बालबालिकासम्बन्धी मुद्दामा फरक ड्रेस कोड हुनुपर्छ, जसबाट कानुनी आतंकको डर नहोस् ।

न्यायाधीशहरूले लबेदा सुरुवाल लगाए पनि यसमा केही परिमार्जन वा थपथाप गर्न सकिन्छ । वकिलको सन्दर्भमा तीन तहको अदालतमा बहस गर्न पाउने वकिलहरूको योग्यता तोकिनुपर्छ । शैक्षिक योग्यता र वकालत गरेको समय अवधिलाई लिन सकिन्छ ।
ड्रेस कोडको सन्दर्भमा तीन तहको अदालतका वकिलको पोसाकमा सामान्य परिवर्तन गरिनुपर्छ, जसबाट कुन वकिल कुन अदालतको चिन्न सजिलो होस् । तराईबाहेक नेपाल चिसो जलवायु भएको मुलुक हो ।
यहाँ वकिललाई कालो सुरुवाल, सेतो दौरा र भादगाउँले टोपी र कालो कोट गर्दा ठीक हुन्छ । जाडो मौसममा सुतीको कोटको सट्टा ऊनीको कालो कोट वा गाउन तोक्दा बेस हुन्छ । तीन तहको वकिल तथा न्यायाधीशको बेग्लै पहिचानका लागि फरक रङको ढाकाटोपी वा टोपीमा नेपालको झन्डा र नक्सा राख्न सकिन्छ । यसका लागि विज्ञ तथा फेसन डिजाइनरहरूको सल्लाह लिन सकिन्छ ।
वकिलको अहिलेको ड्रेस कोड बेलायतबाट आएको हो । यसमा उसले आफ्नो मुलुकको विशिष्टताका आधारमा तय गरेको हुँदा त्यसको मर्ममा बाधा नप¥ुयाई हाम्रो मुलुकको पहिचान झल्किने गरी वकिल तथा न्यायाधीशको ड्रेस कोड परिमार्जन गर्दा मुलुकको मौलिकता झल्किनेछ ।
यो एजेन्सीको सहयोगमा तयार पारिएको रिपोर्ट थियो । ग्लोबल न्यूज लाइभ यूट्यूब च्यानल हेर्दै गर्नुहोला । हामीले प्रस्तुत गरेको विषय कस्तो लाग्यो मन परेमा लाइक, कमेन्ट, सेयर र सस्क्राइब गर्न नभुल्नुहोला । धन्यवाद ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chief Editor

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel