" /> सहकारीमा फसेको रकम फिर्ता माग्दै बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघरमा धर्ना – News of Global

News of Global सोमबार, साउन १५, २०८०

काठमाडौं । सहकारीमा फसेको रकम उठाइदिन र ठगी गर्ने सहकारीलाई कारवाहीको माग गर्दै अभिनेत्री बसुन्धरा भुसाल र चैत्यदेवी माइतीघर मण्डलामा दशघण्टे अनसनमा बसेका छन् ।

६१ दिनदेखि माइतीघरमा सहकारी पीडितहरुको धर्ना जारी छ । त्यही धर्नामा नेपाली चलचित्रका दुई अभिनेत्रीहरु पनि सहभागी हुँदै दश घन्टे अनसन बसेका हुन् । सोमबार राति १० बजेसम्म उनीहरुले धर्ना दिने कार्यक्रम छ ।
अभिनेत्रीहरु आँसु बगाउँदै घरखर्च चलाउन पनि मुस्किल परेको हुँदा धर्ना बसेको बताउँछन् ।

फसेको रकम झिक्न पहल गर्न भन्दै बसुन्धरा, चैत्यदेवी र भुवन चन्दले प्रधानमन्त्रीदेखि दलका शीर्ष नेताहरुलाई भेटिसकेका छन् । तर कहींबाट पहल नभएपछि आफूहरु सडकमा आएर धर्नामा बस्न बाध्य भएको बताए ।

चैत्यदेवी र बसुन्धराका आफन्त र परिवारको १४ जना सदस्यले जम्मा गरेको दुई करोड ६० लाख रुपैयाँ फसेको जनाइएको छ । साथै, उनीहरुको सामाजिक संस्था भुवन चैत्य बसुन्धरा फाउण्डेसनको नामबाट सिभिल सहकारीमा जम्मा गरिएको १५ लाख रुपैयाँ समेत फसेको उनीहरुको भनाइ छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]