" /> द फेसमा २६ जना प्रतिस्पर्धी, शनिबार ग्रान्ड फिनाले – News of Global

News of Global बिहिबार, माघ २२, २०७७

काठमाडौं । मोडलिङ क्षेत्रमा ब्यबसायिक मोडल भित्राउने उदेश्यले मोडलिङ प्रतियोगिता ‘द फेश’ आयोजना हुँदैछ । यो प्रतियोगिताको लागि प्रतिस्पर्धीहरु अन्तिम चरणमा पुगेका छन् । केही हप्ताको अभ्यासपछि उनीहरु अन्तिम प्रतिस्पर्धाको तयारीमा पुगेका हुन् ।
यो शनिबार बेलुका साँढे ५ बजेपछिबाट ललितपुरका झम्सिखेल स्थित द अर्वन हबमा ‘टी एफ द फेस’ मोडल कन्टेस्टको ग्रान्ड फिनाले हुन लागेको हो । यो फिनालेका लागि यतीबेला २६ जना युवा युवतीहरु विभिन्न अभ्यास गरिरहेका छन् । काठमाडौका विभिन्न फेशन इन्टिच्युट र बुटिकले तयार पारेका डिजाईनहरुमा सजेर यी मोडलहरु र्याम्पमा उत्रने भएका छन् ।
द फेशको अन्तिम प्रतिस्पर्धामा उत्रन तयार प्रतियोगीहरुमा सुर्जिना श्रेष्ठ, हेमन जोशी, सोफिया भण्डारी, क्रान्ती चन्द, निश्चल दत्त, सारिका कटवाल, निना बुढाथोकी, अभिषेक गिरी, क्रिस्टिना अधिकारी, कृति हमाल, अनोज विश्व, अन्जना बराईली, सन्ध्या तामाङ, नारायण प्याकुरेल, अस्मिता बराल रहेका छन् । यस्तै शुशिल चौधरी, बिना महर्जन, निर्माला धिमाल, युद्ध बानियाँ, रोजिना माझी, प्रश्ना सिंह ठकुरी, नाजरुल मियाँ, कृपा अधिकारी, ब्रबिम श्रेष्ठ, स्विकृति प्याकुरेल र सितल श्रेष्ठ पनि यो प्रतियोगिताका ग्रान्ड फिनालेमा प्रस्तुत हुँदैछन् ।
उनीहरुलाई मोडल तथा कोरियोग्राफर सृजना रेग्मीले अहिले विभिन्न प्रशिक्षण दिईरहेकी छिन् । यु क्यान फ्लाई अर्थात युसिएफले यो पेजेन्ट आयोजना गरिरहेको छ । कार्यक्रम सँयोजक समीक्षा हुमागाईका अनुसार बिजेताले विभिन्न उत्पादनमा मोडलिङ, र्यम्प शो सहित धेरै अबसरहरु प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागीहरुले फिजिक राउन्ड अन्तर्गत फरेनहाईट क्लबमा आफ्नो फिजिक शो अप गरेका छन् । जसमा उत्कृष्ट तीन बेष्ट फिजिक पुरुष र उत्कृष्ट तीन बेस्ट फिजिक महिला मोडल चयन गरिएको छ । जसमा पुरुषतर्फ फिजिक चयन भएकाहरुमा युद्ध बानियाँ, आशिष गिरी र हेमन जोशी रहेका छन् । यस्तै महिला मोडल तर्फ उत्कृष्ट तीन फिजिकमा कृपा अधिकारी, स्विकृति प्याकुरेल र क्रान्ती चन्द रहेका छन् । यी तीन जना मध्यबाट उत्कृष्ट पुरुष र महिला फिजिक चयन ग्रान्ड फिनालेमा गरिने पनि आयोजक पक्षले जनाउको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]