" /> रोकियो डेढ सय कामदारको शव, ५८ जनाको दाहसंस्कार विदेशमै – News of Global

न्यूज अफ ग्लोबल आइतबार, जेठ ११, २०७७

विदेशमा काम गर्ने क्रममा विभिन्न कारणले मृत्यु भएका १४९ जना भन्दा बढी नेपाली श्रमिकको शव विदेशमै अलपत्र परेको छ । आफन्तको मृत्यु भएर पनि शव नआएपछि मृतकका परिवार थप पीडामा छन् । विश्वव्यापी कोरोना महामारीका कारण देशमा बन्दाबन्दीमा छ । अन्तर्राष्ट्रिय उडान प्रतिबन्धित छ ।
यस्तो बेला नेपाल र्फकन रोइकराइ गरिरहेका श्रमिक त फर्कन पाएका छैनन् भने विदेशमा पसिना बगाउँदा(बगाउँदै मृत्युवरण गर्न पुगेकाहरूको आफ्नै भूमिमा सद्गतको मौका पाएका छैनन् । नेपालमा दैनिक दुई श्रमिकको शव भित्रिने गरेको सरकारी तथ्यांकले देखाउँछ । र पनि, १४९ भन्दा बढी रेमिट्यान्सकर्मीले स्वदेशमै जल्ने सौभाग्य पाउन सकेका छैनन् । नेपाल सरकारले तिनको अस्तु मातृभूमिमा विसर्जन गर्ने प्रबन्ध गर्न सकेको छैन ।
यो अवधिमा कुल २०७ जनको शव व्यवस्थापन गर्नुपर्नेमध्ये ५८ जनको शब विदेशमै अन्तिम संस्कार गरिएको छ । १४९ जना मृत कामदारको पविारले भने दाहसंस्कार नेपालमै ल्याएर गर्ने इच्छा व्यक्त गरेका छन् ।
कहाँ, कति नेपालीका शव ?
वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार, अहिले साउदी अरब र मलेसियामा ४२र४२ जना नेपालीका शव अलपत्र छन् । त्यस्तै, कतारमा ३५ जना, यूएईमा १४ जना र कुवेतमा ११ जना नेपालीको शव थन्किएका छन् । बहराइनमा २ तथा टर्की र ओमानमा एक(एक जना नेपालीको शव अलपत्र रहेको बोर्डको सचिवालयले जनाएको छ । अन्य मुलुकमा पनि एउटा शव अलपत्र छ । लकडाउन लम्बिँदै जाँदा ती शव कहिले नेपाल आइपुग्छन् भन्ने स्पष्ट छैन ।
५८ शव विदेशमै जले
स्वयम् नेपाल सरकारले उनीहरूको अन्तिम संस्कार उतै गर्न सम्बन्धित परिवारहरूलाई प्रेरित गरिरहेको छ । यो अवधिमा अनुमति लिएर ५८ जना श्रमिकको शव विदेशमै दाहसंस्कार गरिएको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ । सरकारले त्यसरी विदेशमै दाहसंस्कार गर्न सहमति दिने परिवारलाई ५० हजार रुपैयाँ दिने गरी प्रोत्साहनको नीति नै ल्याएको छ ।
यूएईमा मृत्यु भएका ३२ जना कामदारको परिवारले उतै शव दाहसंस्कार कै लागि सहमति दिएका छन् । त्यसैगरी साउदीमा ७, कतारमा ६, दक्षिण कोरियामा ३, मलेसियामा २, बहराइन, सेसेल्स र जोर्डनमा १–१ जना कामदारको अन्त्येष्टि सम्बन्धित देशमै गरिएको छ । अन्य मुलुकहरुमा ५ नेपालीको शबलाई उतै अन्तिम संस्कार गरिएको छ ।
कोरोनाबाट मृत्यु भएकाहरुको शव नपाल ल्याउन पाइँदैन । कोरोनाबाट मृत्यु भएकाबाहेकको शव भने परिवारको सहमतिबिना विदेशमा दाहसंस्कार गर्न पाइँदैन । बोर्डको विवरणअनुसार अहिलेसम्म रोजगारीका लागि विदेश गएका ११ जनाको मृत्यु कोरोनाबाट भएको तथ्यांक छ । यूएईमा ५ जना, साउदीमा ३ जना, कतार र टर्कीमा एक एक जनाको कोरोनाबाट मृत्यु भएको बोर्डले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]